तामाङ डाजाङको शाखा विस्तार

सिन्धुली

तामाङ साहित्यिक संस्था तामाङ डाजाङको सिन्धुली जिल्ला शाखा विस्तार भएको छ । कमलामाई नगरपालिका–२ खट्टारमा आइतबार अमृत बम्जनको अध्यक्षतामा पहिलो जिल्ला शाखा गठन गरेको हो ।

पाँच सदस्यीय सल्लाहकारसहित १३ सदस्यीय कार्यसमिति गठन गरेको हो । डाजाङको केन्द्रीय अध्यक्ष फूलकुमार बम्जनको प्रमुख आतिथ्यतामा विस्तार गरेका हुन् ।

शाखाको उपाध्यक्ष मंगद स्याङ्तान, सचिव चन्द्रमान बम्जन, सहसचिव फूलकुमार बम्जन र कोषाध्यक्षमा सुमित्रा बम्जनलाई चयन गरेका छन् । त्यस्तै सदस्यहरुमा मंगलसिं गोले, शुक्रमाया बम्जन, संगीता बम्जन, मंगलसिं मोक्तान, दलबहादुर बम्जन, ज्ञानबहादुर बम्जनलगायत छन् ।

सल्लाहकारमा जंगबहादुर बम्जन, मानबहादुर गोले, नवराज बोम्जन, शन्तमाया थिङ र दानबहादुर बम्जन रहेका छन् । डाजाङको गत बर्ष दशौं अधिवेशनमा विधान संशोधन गरी देशको प्रदेश, स्थानीय संरचना अनुसार शाखा विस्तार गर्ने बाटो खुलेको थियो ।


तामाङ डाजाङ २०५९ सालमा तामाङ ग्योइकाइ (मातृभाषा साहित्य) संरक्षण र प्रबद्र्धन गर्नका लागि स्थापना भइ निरन्तर साहित्यिक कार्यक्रम गर्दै आइरहेको छ । डाजाङले हालसम्म तामाङ भाषा र साहित्यको साथमा विभिन्न कार्यक्रम गर्दै तामाङ समुदायमा भाषिक साहित्य र मौलिक पहिचानलाई जिवन्त राख्ने काम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका