श्रमिकहरुको सुरक्षाको ग्यारेन्टी दूतावासको हो : सचिव गौतम

साउदी, दमाम

साउदीमा कार्यरत नेपाली श्रमिकहरुका लागि गत वर्षको जुलाईमा नेपाल सरकारले गरेको न्यूनतम १३ सय साउदी रियाल मासिक तलबको निर्णयलाई कार्यनयन गर्न दूतावास लागि परेको छ । त्यसै क्रममा जुलाई १९ शुक्रबार नेपाली दूतावासकी द्वितीय सचिव तारा गौतमको नेतृत्वमा खोबारस्थित (कर्निच) पार्कमा नेपाली महिला श्रमिकहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेको थियो ।

कार्यक्रममा सचिव गौतमले १ सय २८ जनासँग न्यूनतम मासिक तलब सेवा सुविधाका बारेमा अन्तरक्रिया गरेकी थिइन् । गौतमले स्राको (Sraco) र समास्को (samasco) कम्पनीमा कार्यरत नेपाली महिला श्रमिकहरुको मौखिक उजुरीमा अनुगमनका आएको बताइन् । गौतमले थपिन् – नेपाली श्रमिकहरुको सुरक्षाको ग्यारेन्टी दूतावासले लिन्छ । उनीसँगै दूतावासका श्रम सहचारी अम्बिकाप्रसाद अधिकारी र द्वितीय सचिव भरत खनाल समेट टोलीमा सहभागी थिए ।

स्राको (Sraco) मा कार्यरत १ सय १४ जना र समास्को (samasco)मा कार्यरत १४ जना महिला श्रमिकहरुले नेपाल सरकारले तोकेको भनिएको मासिक १३ सय तलब नपाएको, कम्पनीले तल्लो तहको बिमा गरी बिरामी हुँदा उपचारमा हेल्चक्रई गरेको, बजार जना आउन कडाइ गरेको, बासस्थान व्यवस्थित नगरेको लगायतका समस्याहरू अन्तरक्रियामा राखेको थियो ।

श्रमिकहरुको समस्या बुझ्न आएका श्रम सहचारी अधिकारले दूतावास निरन्तर श्रमिक हकहितका लागि लडिरहेको बताए । अधिकारीले थपे- दूतावासले मेनपावरदेखि साउदीका विभिन्न कम्पनी र सम्बन्धि निकायलाई भेटवार्ता गरि १३ सय न्यूनतम मासिक तलब दिन र श्रमिकक सुरक्षाका लागि स्थलगत भ्रमणलाई तीब्र पारेका हुन् ।

सचिव गौतमले समस्यालाई राजदूत समक्ष पेश गरी तत्काल समाधान निकाल्ने प्रतिबद्धता जाहेर गरिन् । त्यसैगरी सचिव खनालले गतवर्ष नेपाल सरकारले गरेका निर्णयलाई कार्यनयन गर्न दूतावास लागि परेको बताए । उनले थपे- गतवर्षको श्रम स्वीकृतिमा आएका श्रमिकका लागि कम्पनीसँग न्यूनतम तलबका लागि पहल गरिरहेको र नयाँ श्रमिकहरुको मागपत्रमा १३ सयभन्दा मुनि तलब रहेकालाई दूतावास स्वीकृति दिन छोडिएको छ । तपाईहरू आत्तिनु पर्ने अवस्था छैन हामी अहिले तपाईहरुकै समस्याहरुलाई हल गर्न स्थलगत भ्रमणमा व्यस्त छौ उनले, भने ।

कार्यक्रमलाई सहजीकरण गरिरहेकी दिदीबहिनी समूहकी अध्यक्ष तुलसी गुरुङले महिला श्रमिकहरुको समस्यालाई हल गर्न स्थलगत भ्रमणमा आएकोमा दूतावास टोलीलाई धन्यवाद दिइन् । गुरुङले थपिन् – मेनपावरहरू र आर्थिक भार थेग्न नसकेको कम्पनीको शोषणमा परेकी महिला श्रमिकहरुले दूतावासबाट ठुलो आशा राखेको छ । साउदीमा पहिलोपटक दूतावाससँग सहजीकरण गर्न समेत आफूलाई हिचकिहाट नभएको गुरुङले भनिन्, ।

साउदीमा एक दशकदेखि घरेलु हिंसामा परेको महिला कामदारहरुको उद्धारको अनुभव भएकी गुरुङले पूर्वक्षेत्रमा नभएर अन्य क्षेत्रमा पनि महिला कामदारहरुको लागि दूतावासलाई सहजीकरण गरी सहयोग गर्न तयार रहेको बताइन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका