तामाङ भाषा शिक्षा : बहुलिपि (देवनागरी, तामयीग र सम्भोटा) प्रयोगको सान्दर्भिकता


पृष्ठभूमि

शिक्षा सेवामा वि.सं. २०६६ साल साउन ३२ मा विद्यालय निरीक्षक पदमा नियुक्ति लिएपछि उदयपुर जिल्ला शिक्षा कार्यालयमा पदस्थापना भई ३ महिना जति त्यहाँ कार्यरत रहेँ।तर लगत्तै शिक्षा सेवाको उपसचिवमा २०६६ साल मङ्सीर ३ मा बढुवा भएपछि जिल्ला शिक्षा अधिकारीमा नपठाउनु भनेर सहकर्मी गणेशप्रसाद भट्टराई र मैले तात्कालीन शिक्षा सचिव श्री दीपेन्द्रविक्रम थापालाई अनुरोध गरेका थियौँ ।साथै शिक्षा मन्त्रालयका तात्लकालीन कर्मचारी प्रशासन शाखा प्रमुख उपसचिव सुवास राई सरले तामाङ अनि जनाजाति भई जिल्ला शिक्षा अधिकारीमा नजाने भनेको सुन्दा जनजातिकै सम्मान भएजस्तो लागेन भन्नु भएको स्मरण भई रहन्छ।तर त्यतिखेर मेरो पदस्थापना मेरै मागअनुसार क्षेत्रीय शिक्षा निर्देशनालय सानोठिमीमा उपनिर्देशकको रूपमा भयो।त्यहाँको करीब डेढ वर्षे बसाइको क्रममा बढुवाको लागि सहसचिवको खुला प्रतिस्पर्धामा सहभागी भए पनि सफलता हात लाग्न सकेन भने स्नातकोत्तर तह र विद्यावारिधि तहमा भर्ना भई अध्ययनको भोकलाई मेटाउन  तल्लीन रहेँ। साथै १६ वर्षे शिक्षण पेसा छोडेर निजामति सेवाको शिक्षा सेवामा प्रवेश भएकोमा केन्द्र तहमै जागिरे बसाइले ममा केही अनुभव थप भयो र जिल्ला शिक्षा अधिकारी हुन जिज्ञासा बढ्न थाल्यो।

तर निजामति सेवाको जागिर सुरू गरेको बेला आफैँले नचाहेको जिल्ला शिक्षा अधिकारी हुन धेरै पापड बेल्नु पर्दा शिक्षा मन्त्रालय कर्मचारी प्रशासन शाखा प्रमुख सुवास राई सरको सुरूवाती जिल्ला शिक्षा अधिकारीमा जानको लागि दिइएको सुझावलाई बारबार सम्झेँ । किनकि सुरूमा जिल्ला शिक्षा अधिकारीमा पदस्थापन गर्नमा उहाँको हात रहन्थ्यो भने पदस्थापना गर्न सहज रहेछ तर पछि अरूलाई जिल्ला शिक्षा अधिकारीबाट हटाएर जिल्ला शिक्षा अधिकारी हुन कति कठिन रहेछ त्यतिखेरको पहल र प्रयास अझै मनमा भारी भएर आउँछ।जेहोस् तात्कालीन शिक्षामन्त्री गंगालाल तुलाधरलाई अनुरोध गरिएअनुसार सुदूरपूर्वको पाँचथर जिल्लामा जिल्ला शिक्षा अधिकारीको रूपमा पदस्थापना भयो।तर मलाई यति टाढाको जिल्ला शिक्षा अधिकारीमा सरूवाले ठूलै आपति निम्त्यायो ।त्यतिखेर म विद्यावारिधिको स्थायी दर्ताको लागि साहित्य समीक्षाको प्रतिवदेन बुझाउन लागी परेको थिएँ।तथापि पाएको अवसरलाई व्यवस्थापन गर्नेतिर लाग्नुको विकल्प मसँग थिएन।त्यसैले विद्यावारिधिको लागि तयार गरिएको समीक्षा प्रतिवेदन करीब एक महिना जतिमा सकेर पाँचथरमा हाजिर हुन पुगेँ, वि.सं. २०६८ सालको असार महिनामा। जीवनमै पहिलो पटक जिल्ला शिक्षा अधिकारी भनिन पुगेको त्यो दिन अनि तामाङ जातिमै पहिलो जिल्ला शिक्षा अधिकारी भएको त्यो क्षण मेरा लागि नसोचिएको दिन थियो। किनकि जीवनमा प्रावि तहको प्रधानाध्यापकसम्मको लक्ष्यभन्दा माथिको लक्ष्य मैले राख्न सकेको थिइनँ पारीवारिक कारण।तर मान्छेको जीवन आध्यात्मिक दृष्टिमा भन्दा लीला र भौतिक दृष्टिमा भन्दा संयोग भन्नुपर्छ होला।यहाँ जिल्ला शिक्षा अधिकारी हुन पाउनु मेरा व्यक्तिगत अध्ययनको लागि एकातिर असुविधा थियो ।भने अर्कातिर मैले पाएको जिम्मेवारी मेरो लागि उच्च अवसर र जिल्ला शिक्षा अधिकारी पहिलो चोटी भएकोले चुनौती पनि।तर १८ महिनाको पाँचथरको बसाइपछि जिल्लाको शिक्षाको अनुभवसहित आफैँले सरूवा मागी अन्यत्र सरूवा हुन पुगेको यादहरू आइरहन्छन्।र त भाषा आयोगमा आएपछि पनि लिम्बू मातृभाषाको प्रयोग सम्भाव्यताको अध्ययनदेखि मातृभाषामा शिक्षाको नमुना कार्यक्रमसँगसँगै फिदिम नगरपालिकामा जोडिन पुग्ने अवसर मिल्यो।

फिदिम र तेमालमा मातृभाषा शिक्षा नमुना विकास कार्यक्रम

तेमाल गाउँपालिकामा तामाङ मातृभाषामा शिक्षाको पहिलो चरणको कार्यक्रममा मातृभाषा शिक्षा नीति, सचेतना र समझदारी र दोस्रो चरणमा तामाङ पाठ्यपुस्तक निर्माण तथा शिक्षक परामर्श कार्यशालामध्ये पहिलोमा पूरै समय दिन पाए पनि दोस्रो चरणको कार्यक्रममा घरमा बच्चा बिरामी हुँदा बीचैमा छोडेर घर आउन परेको थियो।तर फिदिम नगरपालिका पाँचथरमा भने दुवै चरणको कार्यक्रममा पूर्ण समय दिन सकेँ भने भाषा आयोगबाट लिम्बू भाषामा कक्षा १ को सामाजिक पुस्तक प्रकाशन हुँदैछ ।

फिदिम नगरपालिकाको पहिलो पटकको कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी, त्रिवि अङ्ग्रेजी विभागका सहप्राध्यापक डा. प्रेम फ्याक, भीएसओ नेपालका समाहित शिक्षा शाखा प्रमुख डा. आनन्द पौडेल र भीएससओ नेपालकै अन्तराष्ट्रिय स्वयमसेवी नाओमी फिल्मोर तथा नेपाली स्वयमसेवक ज्ञानुराज पौडैलसहित म र भाषा आयोगको साथीहरू थियौँ।तर दोस्रो चरणमा भने भाषा आयोगका सदस्य उषा हमाल, शिक्षाविद् डा. विद्यानाथ कोइराला, भाषा आयोगका कर्मचारीसहित भीएसओ नेपालका प्रतिनिधि थियौँ।यस चरणमा ३ दिनसम्म कार्यक्रम लागू हुने वटा  ३ विद्यालयका बाल कक्षा र कक्षा १ शिक्षण गर्ने शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यावस्थापन समिति अध्यक्ष र २ जना अभिभावकहरूसहित ३ जना पाठ्यपुस्तक लेखक तथा १ जना चित्रकारको सहभागितामा पाठ्यपुस्तक लेखन तथा मातृभाषामा शिक्षासम्बन्धी परामर्श भयो।त्यहाँ लिम्बुभाषी समुदायका उपस्थित सहभागीबीच सिरिजङ्गा र देवनागरी कुन लिपि अवलम्बन गरी पाठ्यपुस्तक लेख्ने भनी विवाद भएको थियो।तर शिक्षाविद् डा.विद्यानाथ कोइराला सरको सुझावअनुसार कक्षा १ को सामाजिक विषयको पाठ्यपुस्तकको लागि दुवै लिपि (सिरिजङ्गा) र देवनागरी प्रयोग गरी पाठ्यपुस्तक लेखियो।घतलाग्दो कुरा के रह्यो भने जब सहभागीहरूका लागि लिम्बू, नेपाली र अङ्ग्रेजी ३ वटै माध्यमबाट सहजीकरण गर्ने र सहभागी शिक्षकले पनि नमुना कक्षामा शिक्षणसिकाइको लागि बहुभाषाको प्रयोग गर्न बाध्य भए।त्यसबेला मात्र सहभागीहरूले मातृभाषालाई माध्यमको रूपमा अपनाउनुपर्ने कुरालाई मनन गर्न पुगे वा भनूँ बल्ल मातृभाषामा शिक्षा भनेको लिम्बू भाषाको प्रयोगसहित नेपाली र अङ्ग्रेजी समेत बोलेर पढाउनु रहेछ भन्ने बुझ्न र अनुभूति गरे।यसरी बल्लतल्ल मातृभाषामा शिक्षा र मातृभाषा विषय शिक्षण सम्बन्धमा सहभागीहरू स्पस्ट भएको पाइए।

देवनागरी, तामयीग र सम्भोटा लिपिको अन्तरसम्बन्ध

 तामाङ भाषाको लेखनमा प्रयोग हुँदै आएका ३ वटा लिपिमध्ये देवनागरी लिपि भारोपेली परिवारको भाषा लेखन शैलीका प्रयोग हुँदै आएको छ। संस्कृत, नेपाली, हिन्दीजस्ता भाषाहरूमा यस लिपिको प्रयोग भएको पाइन्छ। भोटबर्मेली परिवारको भाषामा लेखनका लागि सम्भोटा लिपिको प्रयोग  गरिएको पाइन्छ जस्तोः शेर्पा, भोटे, ह्योल्मो, तामाङ जस्ता भाषाहरू।साथै तामाङ भाषाको लेखनका लागि सम्भोटामा लिपिमै आधारित सरलीकृत तामयीग लिपिको प्रयोग र अभ्यास हुँदै आएको छ।तीनवटै लिपिको अन्तरसम्बन्धलाई परख गर्नको लागि देहायको तालिकामा प्रस्तुत गरी विश्लेषण गर्न सकिन्छः

यिग्मा तहमा

तालिका-१

देवनागरी सम्भोटा लिपि तामयीय लिपि देवनागरी
ཨི ཨི
ཨུ ཨུ
ཨེ ཨེ
ཨོ ཨོ

माथिको तालिका १ काअनुसार सम्भोटा लिपिमा ४ स्वर वर्ण र सम्भोटा लिपिमा ५ स्वर वर्ण देखिन्छन् जसलाई यीग्मा भन्ने गरिएको पाइन्छ।तर देवनागरी लिपिमा १४ वटा स्वर वर्णहरू रहेका छन्।सम्भोटा लिपिमा अ(ཨ) लाई व्यञ्जन वर्ण (यीग्मा) अन्तर्गत राखिएको पाइन्छ भने तामयीगमा स्वर वर्ण (यीग्मा) अन्तर्गत अ(ཨ) समाविष्ट भएको देखिन्छ ।

  • यीग्पा तहमा

तालिका-२

देवनागरी सम्भोटा लिपि-३० तामयीय लिपि-२४ देवनागरी
च्ह
छ्ह
ज्ह
स्ह
श्ह
६ बढी ९ फरक ३ फरक ६ कम

 

माथिको तालिकामा सम्भोटा लिपि र तामयीग लिपिका वर्ण सङ्ख्या प्रस्तुत गरिएका छन् ।जसअनुसार सम्भोटा लिपिमा यीप्पा ३० वटा वर्णहरू छन् ।सम्भोटा लिपिमा २४ वटा मात्र वर्णहरू रहेका छन्।तर देवनागरी लिपिमा भने ३८ सम्म व्यञ्जन वर्णहरू उपलब्ध छन्।सम्भोटा लिपिमा देवनागरी लिपिका धेरै वर्णहरूसँग मिल्दाजुल्दा देखिन्छन् तथापि  च्ह, छ्ह, ज्ह, श्ह, स्ह र अ जस्ता वर्णहरू देवनागरी लिपिका भन्दा फरक छन्। देवनागरी लिपिमा भएका घ, झ, ष, क्ष,त्र, ज्ञ जस्ता वर्णहरू सम्भोटा लिपिमा पाइँदैन।

त्यसैगरी तामयीग लिपि चाहिँ सम्भोटा लिपिमा आधारित देखिन्छ।किनभने तामयीग लिपिको निर्धारण गर्दा सम्भोटा लिपिका केही वर्णहरू छोडिएका छन् र भने केही थपिएका छन्।सम्भोटा लिपिबाट छोडिएकामा च्ह, छ्ह, ज्ह, श्ह, स्ह र अ रहेका छन् भने थपिएकामा ट, ठ र ड रहेको पाइन्छ।जसको कारण सम्भोटा र तामयीग लिपिका बीच भिन्नता आएको देखिन्छ। वस्तुतः तामयीग लिपि आफैँमा नयाँ लिपिको आविस्कार र सिर्जना नभई तामाङ भाषा लेखनको सहजताका लागि शास्त्रीय सम्भोटा लिपिमा आधारित भई अवलम्बन गरिएको सरलीकरणयुक्त लेखन शैली हो भन्ने कुरा पुष्टि हुन्छ ।किनभने माथिको तालिका २ काअनुसार देवनागरी लिपि र सम्भोटा लिपिमा दुई प्रकारका च्ह, छ्ह, ज्ह, श्ह, स्ह, श, स जस्ता वर्णहरू छन् भने ट, ठ र ड जस्ता देवनागरी वर्ण सम्भोटा लिपिमा छैनन्।तर तामयीग लिपिमा ट, ठ र ड रहेकाले देवनागरीकृत जस्तो पनि देखिन्छ।

यताग र रताग

देवनागरी लिपिमा जसरी जोडिएका वा संयुक्त अक्षर रहन्छन् देहायको तालिका ३  र ४ मा सम्भोटा लिपि र तामयीग लिपिमा संयुक्त अक्षर बनेपछि दिने अर्थतात्विक आधारमा भिन्नतालाई पहिचान गरिएको छ।

तालिका-३

यताग

तामयीग सम्भोटा
བ+ཡ=བྱ ब्या བ+ཡ= བྱ ज्या
པ+ཡ=པྱ प्या པ+ཡ= པྱ च्या

तालिका-४

रताग

तामयीग सम्भोटा
ཀ+ར= ཀྲ क्रा ཀ+ར= ཀྲ टा
+= ཁྲ ख्रा += ཁྲ ठा

माथिको तालिका ३ यताग वा य वर्ण जोडिएपछि सम्भोटा लिपिमा  བ+ཡ= བྱ (ज्या) र པ+ཡ=པྱ (प्या) हुन गएको छ भने तामायीगमा བ+ཡ= བྱ (ब्या) र པ+ཡ= པྱ हुन पुगेको छ। त्यसैगरी सम्भोटामा ཀ+ར= ཀྲ (टा) र ཁ+= ཁྲ (ठा) भएको छ र ཀ+ར= ཀྲ (क्रा) र ཁ+= ཁྲ (ख्रा) बन्न गएको छ। यसरी संयुक्त अक्षरको बनावट एउटै रहे पनि अर्थबोध चाहिँ अरू नै हुने जाने प्रवृत्ति सम्भोटा लिपिमा पर्ने हुँदा यो जटिल वा शास्त्रीय भएको प्रस्ट हुन्छ ।जसरी शास्त्रीय संस्कृत भाषाबाट देवनागरी लिपिका अक्षर लिइएको हुँदा ष,श र स को उच्चारण एउटै हुन्छ तर लेखन फरक हुन्छ। त्यसैगरी अङ्गेजी भाषामा Knowledge र Psychology शब्दमा अगाडिका वर्ण अनुच्चरित रहन्छन् । सम्भोटा लिपिमा पनि त्यस्तै अनुच्चरित वर्णहरूको प्रयोग भई यीग (शब्द) बन्ने विशेषता रहेको पाइन्छ।

सम्भोटा लिपिमा उस्तै उच्चरित हुने यीगहरू

तालिका-५

उच्चारण र भिन्न लेखन

देवनागरी सम्भोटा सम्भोटा देवनागरी
च्ह
छ्य
ज्य
ང/ན ङ/न
स्ह श्ह

 

माथिको तालिका ५ मा ञ र ङ/न को लेखन फरक भए पनि उच्चारण भने समान जस्तो सुनिने भएको हुँदा सम्भोटाको लिपिको कुन वर्ग प्रयोग गर्ने भनी निर्क्यौल गर्न कठिन हुन्छ।त्यसैगरी श्ह र स्ह को लेखन फरक रहे पनि उच्चारण समान रहेको छ।अझ वर्णको लागि सम्भोटा लिपिमा दुई फरक खालको लिपि सङ्केत प्रयोग हुने गरेको पाइन्छ यसको उच्चारण र लेखन समान भएको हुँदा कुन परिवेशमा ध्वनि वा वर्णको लागि कुन लिपि सङ्केत प्रयोग गर्ने अन्योलपूर्ण छ।यसरी सम्भोटा लिपिमा रहेको परम्परागत र पुरातन शास्त्रीय जटिलताको कारण तामयीग लिपिलाई संस्थागत रूपमा अगाडि बढाएर सरलीकरणपूर्ण लेखन शैली अवलम्बन गर्न खोजेको देखिन्छ।

शब्द उच्चारण वा यीग लेखन

तालिका-६

यीग उच्चारण र लेखन भिन्नता

सम्भोटा लेखन देवनागरी उच्चारण तामयीग लेखन देवनागरी उच्चारण
     འཛང་རི་ जाङरी ཛང་རི་ जाङरी
    བཞུགས་བ་ स्युबा སྱུ་བ་ स्युबा
     བཟོ་བ་ सोबा སོ་བ་ सोबा
འུན་པ་ हुन्पा ཧུན་པ་ हुन्पा
ཤིང་སུར་ शिङ्सुर སིང་སུར་ सिङ्सुर
འུག་པ་ हुग्पा ཧང་སུ་ हङ्सु
དགེ་བ་ गेवा གེ་ཝ་ गेवा
ཉ་ནོ་ ङ्यानो ངྱ་ནོ་ ङ्यानो
འཕྲེང་བ་ फ्रेङ्बा ཕྲེང་བ་ फ्रेङ्बा

 

माथिको तालिका ६ मा देवनागरी लिपिमा लेखन एउटै भए पनि सम्भोटा लिपि र तामयीग लिपिमा लेखन भिन्न रहेको छ।जस्तो जाङरी शब्दको लेखन देवनागरी लेखनमा समान भए पनि सम्भोटा र तामयीगमा लेखन फरक छ। त्यस्तैगरी हुग्पाहङसु शब्दको लेखनमा वर्णको लागि सम्भोटा र तामयीगमा फरक फरक लिपि सङ्केतको प्रयोग भएको पाइन्छ।तसर्थ सम्भोटा लिपिमा शास्त्रीय यादृच्छिक जटिलता र अस्पष्टता रहेको पाइन्छ तर सम्भोटाकै सरलीकृत रूप तामयीग लिपिमा भने त्यस्तो जटिलता र अस्पष्टतालाई न्यूनीकरण गर्ने प्रयास गरिएको पाइन्छ किनभने यसमा उच्चारणअनुसारको लेखन पद्धति अवलम्बन गर्न खोजिएको छ । साथै उच्चारण र लेखनबीच तादात्म्यता गरिएको पाइन्छ।

ङोन्जुग (अगाडि आउने वा उपसर्ग) र याङ्न्जुग (प्रत्यय)

तालिका-७

सम्भोटा लिपिमा ङोन्जुग र याङ्न्जुगको व्यवस्था

ङोन्जुग वा उपसर्ग याङन्जुग वा प्रत्यय
ག་ ད་ བ་ མ་ འ་ ད་ ས་

प्रस्तुत तालिका ७ काअनुसार सम्भोटा लिपिमा ५ वटा यीग्पाहरू उपसर्ग (ङोन्जुग) र २ वटा यीग्पाहरू प्रत्यय (याङ्न्जुग) का रूपमा प्रयोग हुने गरेका देखिन्छन्।जबकि तामयीग लिपिमा उक्त ङोन्जुग र याङ्जुगको बारेमा बोलिएको

पाइँदैन।उल्लिखित उदाहरणको आधारमा सम्भोटा लिपिमा तामाङ भाषाको उच्चारणनुसार लेखन गर्न  गर्न कठिन हुन्छ नै।तसर्थ सम्भोटा लिपिमै सरलीकरण गरी तयार पारिएको तामयीग लिपिमा तामाङ भाषालाई उच्चारणअनुसार नै लेखन गर्ने पद्धतिको रूपमा विकास गर्न खोजेको देखिन्छ।

तामाङ भाषा शिक्षामा बहुलिपिको प्रयोगको सान्दर्भिकताक्रम

यो पङ्तिकारले सम्भोटा र तामयीग लिपि सिक्ने क्रममा चौथो दिनमा तयार पारिएको टिप्पणीको आधारमा यो लेख तयार पारिएको छ।त्यसकारण यहाँ चर्चा गरिएका ३ वटै लिपिलाई ध्वनितात्विक, भाषावैज्ञानिक र लिपि शास्त्रको दृष्टिबाट अध्ययन विश्लेषण गरेको नभई स्वयम लिपि सिकारूको दृष्टिमा अभ्यास, प्रयोग र अनुभवमा आधारित टिप्पणी मात्र हो।

मूलतः यस अध्ययनको सिकाइबाट विद्यालयमा तामाङ भाषा विषयको शिक्षामा बहुलिपिको प्रयोगको सम्भाव्यतालाई स्वसिकारू (इनसाडटर) र अध्ययनकर्ता (आउटसाइडर) को नजरबाट पहिल्याइएको छ।यसका लागि प्रथमतः भाषाशास्त्री नोम चमस्कीकाअनुसार हरेक व्यक्तिमा भाषा सिकाइको जन्मसिद्ध सार्वभौम व्याकरण (युनिभर्सल ग्रामर) हुन्छ।व्यक्तिले त्यही आफूमा रहेको सार्वभौम व्याकरणमा आधारित भई धेरैभन्दा धेरै भाषा सिक्न सक्छन् भन्ने उनको प्रयोगसिद्ध सिद्धान्त रहेको छ।जसरी मातृभाषामा आधारित भई दोस्रो भाषा सिक्नाका साथै अन्य थप भाषाहरू सहजै सिक्न सकिन्छ।यसैमा आधारित भई विद्यालय शिक्षामा तामाङ भाषा विषय शिक्षाको लागि लिपि प्रयोगको सम्भाव्यता क्रम देहायअनुसार सरलदेखि जटिलताको क्रममा प्रयोग गर्दा बाल रूचि, क्षमता, स्तर, आवश्यकता अनुसार हुने देखिन्छः

  • सर्वप्रथम सार्वभौम व्याकरण वा मातृभाषा भनेजस्तै पहिलो लिपिमा सिकारूलाई अभ्यस्त बनाउन आवश्यक छ।जसरी मैले देवनागरी    लिपिको जगमा तामयीग र सम्भोटा लिपिका आधारभूत पक्षहरू ४ दिनमा      नै सिक्न सकेँ।त्यसरी नै कक्षा १ देखि ३ सम्मको बालबालिकालाई      विद्यालयको पहिलो लिपिका रूपमा देवनागरी प्रयोग गर्दा उचित     हुन्छ।तल्ला कक्षाको सबै विषयको लिपिगत माध्यम पनि देवनागरी   लिपि भएको हुँदा देवनागरी लिपिमा अभ्यस्त बनाई सकेपछि तामयीग     लिपिमा मात्र लिखित तामाङ भाषा विषय ४ देखि लागू गर्दा उपयुक्त हुने      देखिन्छ।
  • तर तामाङ भाषा नजानेका तामाङ बालबालिका लागि भने कक्षा १-३ देखि नै तामाङ भाषा विषय पढाउन सकिन्छ।त्यसका लागि तामाङ भाषा विषयको पाठ्यपुस्तक तामयीग र देवनागरी दुवै लिपिमा लेखिएमा      देवनागरी लिपिको माध्यमबाट तामयीग लिपितिर प्रवृत्त गराउँदै लान   सकिन्छ।यसो गर्दा कक्षा ४ देखि माथि कक्षा ८ सम्म एकल तामयीग   लिपिको प्रयोग गर्न सकिन्छ।
  • कक्षा ९ देखि भने विद्यार्थी स्वयम विषय चयन गर्ने सक्ने भएका हुन्छन् भने बौद्ध धर्मसम्बन्धी शास्त्रीय ज्ञानको लागि शास्त्रीय लिपि सिकाएर     ज्ञानको ढोका खोल्नुपर्ने हुन्छ।यसका लागि सम्भोटा लिपिमा लिखित      पुस्तक पढ्न सक्ने वा तामयीग लिपिमा लिखित पाठ्यपुस्तकमै सम्भोटा लिपिसम्बन्धी थप विषयवस्तु समावेश गरी तामयीग लिपिमा लिखित     तामाङ भाषा विषयमार्फत्      नै सम्भोटा लिपिमा लिखित ग्रन्थ पढ्न र लेख्न      सक्ने सक्षमता विकास गरी दुइटा लिपिमै सक्षम बनाउन सकिन्छ।

निष्कर्ष

व्यक्तिगत रूपमा लिपि सिकाइको क्रममा मैले सुरूमा सम्भोटाबाट तामयीग सिक्न खोजेँको थिएँ तर एकदुई दिनको मेरो प्रयास सार्थक हुन सकेन। किनभने त्यो मेरो प्रयास जटिलबाट सरलतिरको थियो।तर पछि सरलबाट जटिलतिरको क्रममा पुनः देवनागरी लिपिको माध्यमबाट तामयीग सिक्दै गएँ ।जसमा सजिलै देवनागरी लिपिमा आधारित भई त्यही देवनागरीको लिपि फ्रेममा वा खाकामा तामयीगलाई जोड्दै गई चौथो दिनमा तामयीगमा कामचलाउ साक्षर हुन सकेको छु।त्यसैबीचमा तामयीग लिपिको जगमा सम्भोटा लिपिका थप लिपि सङ्केतहरू र केही व्याकरणिक पक्षहरू सिकेर तामयीग र सम्भोटा लिपिमा साक्षर भएको अनुभूति भएको छ।आफैँले तामयीग र सम्भोटा लिपि सिक्नका लागि गरेको अभ्यास र प्रयासको आधारमा भन्दा विद्यालय शिक्षाको कक्षा १-३ सम्म देवनागरी लिपिमा नै सर्वप्रथम बालबालिकाको पहिलो लिपि खाका तयार गर्नु वा पहिलो लिपि खुड्किलो कायम गर्नुपर्ने देखिन्छ।त्यही पहिलो पटक सिकेको देवनागरी लिपिमा आधारित भई आधारभूत तहको कक्षा ४  देखि ८ सम्म दोस्रो खुड्कीलोका रूपमा तामयीग लिपिमा स्थानान्तरण गर्न सकिन्छ।साथै मावि तह (९-१०) मा भने एकैचोटी सम्भोटा लिपिमा स्थानान्तरण हुने वा तामयीग लिपिमै लिखित पाठ्यपुस्तकमा सम्भोटा लिपिसम्बन्धी पुलेसो पाठ्यवस्तुको पठनपाठन गरेर सम्भोटा लिपिको समेत ज्ञान र सीप हासिल गर्न सकिन्छ।यसरी देवनागरी, तामयीग र सम्भोटा ३ वटै लिपिहरूको प्रयोग गरी तामाङ भाषाको लेखनका साथै विकास गर्दै जानुपर्ने देखिन्छ।

(लेखकले विद्यालयमा तामाङ भाषाको शैक्षणिक प्रयोग विषयमा विद्यावारिधि गर्नुभएको हो।)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका