साउदी अरेबिया-काठमाडौं २० जुलाईमा तीन चार्टरउडान भरेका छन् । यहाँस्थित दमाम शहरबाट एक र राजधानी रियाद शहरबाट दुई गरि तीन चार्टर उडान भरेको नेपाली दूतावासले जानकारी दिए ।
दूतावासका अनुसार रियादबाट नेपाल एयरलाइन्स र हिमालयले दुई उडान र दमामबाट हिमालय एयरलाइन्स एक गरि उक्त दिन तीन उडान गरेका हुन् ।
नेपाल सरकारद्वारा तयारी पारेको मापदण्डअनुसार नेपाल एयरलाइन्स २६४ जना र हिमालयबाट १५० जना गरि यहाँ अलपत्र परेका ४१४ जना स्वदेश फर्किएको दूतावास उपप्रमुख दिलीपकुमार पौडेलले बताए । उनका अनुसार उडानबाट कोरोनाका कारण रोजगारी गुमाएका, करार अवधि सकिएका, काजकिरियाका लागी जानुपर्ने, दिर्घ बिरामी, महिला लगायत फर्किएका हुन् ।
रियादबाट भएको दुई उडानहरुमा यहाँ विभिन्न कारणले मृत्यु भएका पाँच नेपालीको शव समेत नेपाल पठाएको दूतावासले जानकारी दिए ।
त्यसैगरी साउदी अरेबियाको दमामस्थित किङ फाहाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले १६ जुलाईमा एक चार्टरउडान भरको एनआरएनएका मध्यपूर्व सहसंयोजक राजेन्द्र (जोन) अर्यालले जानकारी दिए । उनका अनुसार उडानबाट साउदीको पूर्वी क्षेत्रमा अलपत्र परेका १५४ जना स्वदेश फर्किएका हुन् , भने यहाँ विभिन्न कारणबाट मृत्यु भएका दुई नेपालीको शवसमेत नेपाल पठाएका छन् ।
दमाम शहरबाट हुने प्रत्येक चार्टरउडानमा नेपाल सरकारले तोके अनुसार यहाँ अलपत्र परेकोहरुलाई उद्धार गरेको दूतावासका कर्मचारी हरि घिमिरेले जानकारी दिए । उनका अनुसार उडानबाट कोरोनाका कारण रोजगारी गुमाएका, करार अवधी सकिएका, काजकिरियाका लागि जानुपर्ने, बिरामी लगायत गरी स्वदेश फर्काएका छन् ।