मेगा बैंकको नवौं वार्षिकोत्सव मंगलबार काठमाडौंमा सम्पन्न भयो । दशौं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले आफ्नै केन्द्रीय कार्यालयमा आयोजित दशौं वार्षिकोत्सवमा अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुको तुलनामा मेगा बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको बताए ।
‘विगत ९ वर्षसम्मको समीक्षा गर्दा बैंकले शाखाहरुको विस्तारमा झण्डै ८ गुणा, एटीएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र करको तुलनमा ७८ गुणाले फड्को मारेको छ,’ अध्यक्ष शाहले भने, ‘जुन उद्देश्यकासाथ ९ वर्षअघि यस बैंकको स्थापना गरिएको थियो, त्यो सोँचले सार्थकता प्राप्त गरेका मैले अनुभूति गरेको छु । ’
बैंकको दीर्घकालीन राणनीतिअनसार ७ वटै प्रदेशका जिल्ला सदरमुकाम, आर्थिक तथा व्यापारिक केन्द्र, गाउँपालिका, उप÷महानगरपालिका, नगरपालिकामा संजाल विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष शाहले बताए । सोही अनुरुप बुटवलमा प्रादेशिक भवन निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष शाहले केन्द्रीय कार्यालय सात वटै प्रदेशमा कार्यालय संचालन गर्ने कार्ययोजनामा रहेको जानकारी दिए ।
‘सरकारद्धारा प्राथमिकता तोकिएका कृषि, पर्यटन र जलविद्युत क्षेत्रको व्यावसायिक प्रवद्र्धन गर्न लगानी बृ िगर्दै जाने एवं व्यापार प्रवद्र्धन गरिएका क्षेका समुदायसँग अन्तरघुलित हुन सामाजिक दायित्व बहन गर्ने उद्देश्यले स्थानीय निकाय र प्रदेशसँग समन्वय गरिनेछ ।’ शाहले भने, ‘त्यसको आवश्यकता र प्राथमिकताका क्षेत्रहरुको पहिचान गर्दै प्राथमिकिकरण गरी सामाजिक उत्तरदायित्वको बजेट परिचालन गर्ने नीति लिएका छौं ।’
कार्यक्रममा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताइन् । समकालिन बैंकहरुको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको बताउदै उनीले भनिन्, ‘अत्याधुनिक प्रविधि, नवीनतम योजनाहरुका कारण पनि ग्राहहरुको विश्वास जित्न सफल भएको छ । अब मिडक्याप बैंकहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढ्छौं ।’
बैंकले डिजिटाइजेशन र नवीनतम प्रविधिहरु भित्र्याएको बताउदै क्युआर कोड पनि त्यसकै उदाहरण भएको सिइओ खुञ्जेलीले बताइन् ।
‘हलोदेखि हाइड्रो’ सम्म भन्ने नारा लिएको बैंकले गत आर्थिक वर्षमा निक्षेपा संकलन १९ अर्बबाट बढेर करिब ८२ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह १५ अर्ब ५० करोडबाट बढेर करिब ७३ अर्ब पुगेको छ । ग्राहक संख्या ६ लाख ४३ हजार पुगेको छ ।
बैैंकको देशभर १०२ वटा शाखा र १९ एक्टेन्सन काउण्टर छन् । १०२ एटीएम मेशिन, ११९ वटा शाखारहित बैकिङ्ग केन्द्रहरु र २५ सय मेगा रेमिट एजेण्टहरु रहेको सिइओ खुञ्जेलीले जानकारी दिइन् ।
कार्यक्रममा सिइओ खुञ्जेलीले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजना पनि घोषणा गरिन् । छोरीहरुको उज्वल भविष्यलाई सुनिश्चि गर्ने प्रयास स्वरुप बैंकले “शिक्षा नै ज्योति अभियान” अन्तर्गत प्रत्येक शाखाबाट एक एक जना छात्राहरुलाई छनोट गरी १२ कक्षासम्मको अध्ययन लागि आर्थिक सहायताको सुरुवात गरेको बताइन् । सिइओ खुञ्जेलीले भनिन्, ‘यस अभियानले यसै वर्ष १०२ जना छात्राहरुलाई समावेश गरिसकेको छ । आगामी वर्ष यस छात्रवृत्तिको संख्या बैंकको शाखा विस्तार भएसँगै बढ्दै जानेछ ।
वार्षिकोत्सव समारोह बीच बैंकले डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङतावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि नगद १ लाख सहयोग गरेको छ ।