शैक्षिक छात्रवृत्ति कोषमा ग्लोबल आइएमईको सहयोग

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

ग्लोबल आइएमई बैंक लिमिटेडले उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृत्ति कोष स्थापनार्थ २ लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकअन्तर्गतबाट सोमबार एक कार्यक्रम गरी सहयोग गरेको हो ।

कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक आरती राणाले समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

देशको आर्थिक एवं सामाजिक विकासमा शिक्षाको योगदानको चर्चा गर्दै सहायक महाप्रबन्धक राणाले भनिन्, ‘बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कामले समाजलाई प्रत्यक्ष फाइदा पुगेकोे छ ।’

यस्ता सामाजिक कार्यक्रमले बैंकलाई जनतामाझ पु¥याउन सहयोग पुगेको बताउँदै समाजलाई सहयोग गर्न पाएकोमा उनले खुशीसमेत व्यक्त गरिन् ।

समाजका अध्यक्ष श्रेष्ठले प्राप्त रकम शैक्षिक छात्रवृत्ति कोषको स्थापनामा प्रयोग गरिने र त्यसबाट प्राप्त व्याज रकमबाट चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिकरुपमा छात्रवृत्ति प्रदान गरिने जानकारी दिए ।

बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया