सिन्धुपाल्चोकको बाढीपहिरो पीडितलाई बर्गर हाउसको राहत सामग्री

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ का बाढीपीडित६५ घर परिवारले राहत सामग्री पाएका छन् ।

बाह्रबिसे नपा-५,का बाढिपीडितहरूले द बुर्गर हाउस क्रान्ची फ्रइडले सहयोग गरेपछि सामग्री पाएका हुन् । हाउसले एक-एक बोरा चामल र घाइतेको उपचारको लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

राहत वितरणका लागी हाउसका प्रोपाइटर बसन्त लामाका टोलि बाह्रबिसे पुगेका थियो । लामाले यसअघि दोलखा मेलुङ गाउँपालिका कोरोना भाइरस विपद व्यवस्थापन समितिलाई सहयोग गरेको थियो ।

राहत वितरण बाह्रबिसे नगरपालिकाका मेयर निमा फुन्चो शेर्पा, समाजसेवी सुनिल लामा, सन्जीप लामा, कृष्णा लामा, सज्जन लामा, लोप्साङ लामा, दिपक लामा कुलबहादुर मोक्तान , छिरिङ लामा, सोनाम लामा र टलक लामा लगायत रहेका थिए ।


बाह्रबिसे नगरपालिकामा गत असार २४ गते राती अविरल वर्षासँगै पहिरो गएको थियो । खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले थियो ।

थप यो पनि 

बाढीका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ बेपत्ता, २ शव फेला

सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ताको खोजीकार्य जारी, नदीले बगाएको आशङ्का

तपाईको प्रतिक्रिया