मुटु रोगी बिबिनालाई आर्थिक सहयोग

नवराज तामाङ संवाददाता
0 Shares
काठमाडाैं

भोजपुरकी ११ वर्षीय बालिका मुटु रोगी बिबिना राईलाई साउदीबाट आर्थिक सहयोग गरेको छ । हतुवागढी गाउँपालिकाकी बिरामी बिबिनालाई शुक्रबार पहलकर्ता राजकुमार राईले गायक तथा संगीतकार प्रभाकर राईको नाममा संकलित ६८ हजार ६८ रुपैया पठाई सहयोग गरेको हो ।

राजकुमार किराँत राई यायोक्खा साउदीको सहकोषाध्यक्ष हुन् । राईको पहलमा जिफन्ट समूह  साउदीले १ हजार २ सय ३९ साउदी रियल किरात राई यायोक्खा शाखाले ५ सय ७९ रियाल र डिएक्सएन ग्रुपले ५ सय ९१ रियाल गरी जम्मा २ हजार ४ सय ९ रियाल, नेपाली ६८ हजार ६८ रुपियाँ आर्थिक संकलन गरेका थिए ।

बिबिना बचाउ अभियानका मुल समितिका अभियान्ता प्रभाकर राईले बिरामीको नेपालमा उपचार संभव नभएपछि शहीद गंगालाल अस्पतालका मुटु सम्बन्धी चिकित्सकहरुको परामर्शमा सर्जरीका लागि भारत लगिएको जानकारी आएको साउदीका पहलकर्ता राजकुमारले बताए ।

मुटुभित्र हुनुपर्ने भल्भ जन्मदै बाहिरी पट्टिको भागमा उल्टो रहेकाले काठमाडौ शहीद गंगालाल अस्पतालमा लगायत विभिन्न ठाउँमा बिबिनाको उपचार गरेको राजकुमारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका