रसुवाको आलु अत्याधिक माग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रसुवा

जिल्लाको माथिलो भेग धुन्चे, यार्सा लगायत गतलाङ, गोल्जुङमा उत्पादन भएको बर्खे आलु नुवाकोट धादिङ, चितवन, काठमाडांै लगायतका ठाउँहरुमा हारालुस भइरहेको छ ।

सरकारले रसुवामा उत्पादन भएको बर्खे आलुको बृद्धि गर्ने बाजारीकरणका लागी सहयोग गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएदेखि जिल्लाभित्र आलु उत्पादन भइरहेको क्षेत्रको तथ्याङ्क सङकलन राख्ने लगायत प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

आलु जोन प्रमुख दिपक अधिकारीका अनुसार रसुवामा गत वर्षको मङसिरदेखि सुरु भएको हो । परियोजना ले आलु उत्पादनमा संकलन कृषकलाई प्रोत्साहन गरी उत्पादन बढाउन साना सिचाई भकारो विउ उत्पादन, मेसिनरी औजार र खेतवारी जोत्न मिनि ट्रोलर र विउ सङकलनका लागी ड्रम, गोदामघर सङकलन केन्द्र लगाएतमा सहयोग गरिरहेको छ ।

जिल्लामा आमाछोदिङ आमाछोदिङमो गाउँपालिकाको गत्लाङ चिलिमेमा बर्खे आलु बढी उत्पादन हुन्छ । त्यसैगरी कालिका गाउँपालिकाको राम्चे, नौकुण्ड गाउँपालिका यर्सा, लोकिल बर्खे आलुको पकेट क्षेत्र रहेको छ भने हिउँदे आलुको पकेट क्षेत्र उत्तरगया गउँपालिका भित्रको सबै स्थान रहेको छ । परियोजना लागु भएकोपछि सबै स्थान रहेको छ । परियोजना लागु भएपछि रसुवाको आलुजोन सन्चालक समितिका अध्यक्ष फुर्पु सिङगी तामाङले भन्नु भयो गत वर्ष सात सय टन वर्खे आलु उत्पादन भएको थियो भने यस वर्ष खराव मौसम हँदाहुँदै पनि एक हजार टन भन्दा बढी उत्पादन हुने प्रारम्भिक अनुमान रहेको छ ।


कृषकलाई खनेको आलु सात दिन फिजाएर राखेपछि मात्र बजार पठाउन जाने सन्चालक समितिले आग्रह गरेको छ । समितिले आलु प्याकिङका लागी परियोजनाको नाम लेखेको बोरा उपलध्ध गराएको छ । आलु उत्पादनको माग बढेपनि खासै कृषकले फाइदा लिन सकेको छैन अगामी वर्ष उत्पादित आलुलाई जोन सन्चालन समितिले मुल्य तोक्ने र बजार पु¥याउने ढुवानीमा अनुदान दिन परियो जना सँग माग राखेको छ ।

तपाईको प्रतिक्रिया