सोमबार नेपाली कांँग्रेसले देशभर बिरुवा रोपेर विपी स्मृति दिवस मनाएको छ । यसै क्रममा दोलखाको शैलुङ गाउँपालिका-१, दुधपोखरीमा पनि २ दर्जन बिरुवा रोपेर ३७ औं विपी स्मृति दिवस मनाएको हो ।
स्मृति दिवसमा शैलुङ गाउँपालिका काँग्रेसका सभापति दावा दोर्जे मोक्तान, वडा सभापति तेन्जिङ(प्रेम) मोक्तान, नेविसंघ शैलुङ गाउँपालिकाका संयोजक सेरफ मोक्तान लगायत २ दर्जन कार्यकर्तासँगै स्थानीयको उपस्थितिरहेको दूधपोखरी काँग्रेसले जानकारी दिए ।
शैलुङ काँग्रेसका सभापति मोक्तानले दूधपोखरी काँग्रेसलाई कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिए । मोक्तानले थपे- काँग्रेसमा मात्र नभएर नेपाली राजनीतिका महानायक समेत कहालीएका प्रजातान्त्रिक समाजवादका प्रबर्द्धन विपीलाई श्रद्धाञ्जली स्वरुप बिरुवा रोपेर सम्झेका हौं ।
शैलुङ नेविसंघका संयोजक सेरफका अनुसार तासाविक-६स्थित पुरानो गाविस भवन आसपास नस्पाती र उत्तिसको विरुवा झण्डै दुई दर्जन रोपेका छन् । शैलुङ गाउँपालिका काँग्रेसमा शैलुङ्गेश्वरी, भुसाफेदापछि दूधपोखरीलाई हेर्न थालिएको छ ।
दूधपोखरीमा काँग्रेसलाई फैलन १३ औं गाउँ अधिवेशन कुर्नुपरेको थिए । त्यसअघि दूधपोखरीमा काँग्रेस झण्डै शन्यू अवस्थामै थिए ।