गोम्जाद्वारा जन्मदिनमा सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

अन्तर्राष्ट्रिय तामाङ परिषद्की सहकोषाध्यक्ष सिता गोम्जा (नानु)ले तामाङ विपद व्यवस्थापन कोषलाई सहयोग गरेकी छिन् ।

गोम्जाले जन्मदिनको अवसर पारेर नेपाल तामाङ घेदुङद्वारा संचालित व्यवस्थापन कोषलाई पाँच हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष मोहन गोलेले जानकारी दिए ।
गोम्जाले तीन वर्षदेखि निरन्तर कोषलाई सहयोग गरेको छ, अध्यक्ष गोले भने, ‘कोषमा सहयोग गरेकोमा धन्यवादसहित जन्मदिनको शुभकामना छ ।’

गोम्जा रोजगारीको सिलसिलामा साइप्रसमा छिन् । उनको नेतृत्वमा तामाङ घेदुङको प्रवास शाखा समेत गठन गरेकी थिइन् । हाल साइप्रस घेदुङको प्रमुख सल्लाहकार एवं सैलुङअनलाइनको साईप्रस प्रतिनिधि हुन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका