नेपाल एयरलाइन्सले साउदीको तीन शहरबाट चार्टरउडान भर्ने

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
तस्बिर : फाइल
तस्बिर : फाइल

साउदी अरेबियाबाट नेपाल एयरलाइन्सले ७ चार्टरउडान भर्ने भएको छ । एयरलाइन्सले साउदीको राजधानी रियाद जेद्दा र दमाम शहरबाट उडान भर्न लागिएको नेपाली दूतावासले जानकारी दिए । दूतावासका अनुसार राजधानी रियादबाट ३, जेद्दाबाट २ र दमाम शहरबाट २ गरि सातवटा  उडान भर्न लागेका हुन् ।

यहाँ विभिन्न कारणले अलपत्र परेका नेपालीहरुको सूचीसहित सम्बन्धित एयरलाइन्सका कार्यालयहरुमा पठाइसकेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । उनका अनुसार रियादबाट हुने नेपाल एयरलाइन्सको भाडादर नेपाल सरकारले तोके अनुसार अमेरिकी डलर ४६५ (१ हजार ७४४ रियाल) र दमाम(काठमाडौंका लागि अमेरिकी डलर ४३० (१ हजार ६३०) रियाल लाग्ने राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिए ।

उक्त चार्टरउडानबाट स्वदेश फर्कन अलपत्र परेका नेपालीहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट, मास्क, पन्जा लगायतका सामग्रीको जोहो गर्नुपर्ने नियोग उपप्रमुख दिलीपकुमार पौडेलले जानकारी दिए । उनका अनुसार कोरोना परिक्षणका लागि आफू कार्यरत कम्पनीलाई अनुरोध गर्नुपर्ने छन् ।

दमामस्थित हेल्थ कियर पोलोक्लिनिक ०५४९७२६५८५ मा सम्पर्क गरि परिक्षण गर्नसक्ने उपप्रमुख पौडेलले बताए । उनका अनुसार नजिकैको अस्पताल तथा मेडिकलहरुमा समेत परीक्षण गर्नसक्ने छन् ।


त्यसैगरी जुवेलस्थिति गल्फ एसियन मेडिकल सेन्टर सम्पर्क नं. ०३३६२७१२१ मा सम्पर्क गरि कोरोना परिक्षण गर्नसक्ने उपप्रमुखले जानकारी दिए । उनका अनुसार रियादका लागि डा. अनिरुद्र पाठक ढाका मेडिकल सेन्टर बाथ, मोबाइल नं. ०५७१२१९७९९ र कृष्ण भुसाल मोबाइल नं. ०५९८२५६७१८,अलअबीर इन्टरनेसनल मेडिकल सेन्टर बाथ र शिफा बुरैदह मेडिकल सेन्टर अल कासिम, विशाल श्रेष्ठ ०५३५४७०२३४, विष्णु पाण्डे ०५८१२५०७९२ लाई सम्पर्क गरि कोरोना परिक्षण गर्नसक्ने छन् । एयरलाइन्सको टिकट बुकिङ भएपछि मात्र कोरोनाको परिक्षण गर्न पनि उपप्रमुख पौडेलले आग्रह गरे ।

नेपाली दूतावासले अन्य जानकारीका लागि जनसम्पर्क अधिकारी हरि घिमिरेको मोबाइल नम्बर ०५०००८१५३६ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

रियाद-काठमाडौं चार्टरउडानका लागि नेपाल एयरलाइन्सको साउदी प्रतिनिधि सुरेशराज त्रिपाठीलाई ०५८०५९६१४० र ०५५३१०१६४४ सम्पर्क गर्नुपर्ने छ । त्रिपाठी रियादस्थित गिल्ट ट्राभल्स एन्ड टुर्समा कार्यरत छन् ।

एयरलाइन्सको अगस्ट ५,६,७ र ८ गरि रियादबाट चार उडान भर्ने साउदी प्रतिनिधि त्रिपाठीले बताए । उनका अनुसार चार उडानमध्ये दुई टिकट सकिसकेका छन् ।

त्यसैगरी एयरलाइन्सले साउदीको दमामबाट दुई द्दउडान भर्ने प्रतिनिधि ओमबहादुर कुमालले बताए । उनका अनुसार अगस्ट ५ र ७ मा चार्टरउडान भर्ने छन् । उडानभन्दा तीन दिनअघि मात्रै कोरोना टेस्ट गर्न पनि कुमालले अनुरोध गरे ।

टिकटका लागी दमाममा कुमालको मोबाइल नं. ०५९५८६११६६ मा रमेश श्रेष्ठ ०५८३९५१२३४ र प्रेम गौतम ०५९७९२०४६५ मा सम्पर्क गरि टिकट बूकिङ गर्नुपर्ने छन् । दूतावासका अनुसार हवाई टिकटको लागि हिमालय एयरलाइन्सका दम्मामस्थित प्रतिनिधि सुवास तिमिल्सिनालाई ०५९८४००१९८ र सुमित पौडेल ०५४५८०००२९ मा सम्पर्क गरी टिकट बुकिङ गर्नुपर्ने छन् ।

त्यसैगरी गत २० जुलाईमा जेद्दा-काठमाडौं हुनुपर्ने नेपाल एयरलाइन्सको चार्टरउडान अगस्ट १ तारिखमा हुने जेद्दास्थित महावाणिज्यदूत रेवती रमण पौडेलले जानकारी दिए । उनकाअनुसार एयरलाइन्सले ८ अगस्टमा समेत चार्टरउडान भर्ने  छन् ।

थप यो पनि

रियाद-काठमाडौं चार्टरउडानको यात्रुहरूलाई राजदूतदले गरे बिदाइ

साउदी-काठमाडौं दोस्रो चार्टर बिहीबार र शुक्रबार पाँच उडान

साउदी-काठमाडौं तीन चार्टरउडानबाट ५६८ जना स्वदेश फर्किए

 

तपाईको प्रतिक्रिया