साउदीमा कोरोना भाइरस घट्दै, नयाँ संक्रमित कहाँ कति ?

साउदीमा बिहीबार २ हजार ६२९ जना उपचारपछि घर फर्के

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा सोमबार दैनिक कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमि आएको छ । यहाँ आज कोरोना उपचार गरिरहेका २६ जनाले ज्यान गुमाएको पत्रकार सम्मेलनमा प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

प्रवक्ता डा.अब्दुलीका अनुसार साउदी अरेबियामा हालसम्म कोरोना भाइरसबाट हालसम्म साउदीमा कोरोनाबाट २ हजार ८४२ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी आज यहाँ नयाँ संक्रमित १ हजार ६२९ थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । कुल कोरोना संक्रमित दुई लाख ७४ हजार २१९ जना छन् ।

प्रवक्ता डा.अब्दुलीका अनुसार यो सँगै साउदीमा हालसम्म कुल दुई लाख २८ हजार ५६९ जना कोरोना भाइरस संक्रमितहरु उपचारपछि घर फर्किसकेका छन् । तीमध्ये आजै २ हजार ६७९ निको भएका हुन् ।


‘ साउदीको विभिन्न अस्पतालहरुमा ४० हजार १७९ जना कोभिड-१९ संक्रमितहरु विशेष उपचार लिइरहेको छ,’ प्रवक्ता डा.अब्दुलीले भने,’ ती बिरामीमध्ये २ हजार ६३ जना नाजुक अवस्थामा उपचार लिइरहेको छ ।’

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा कोरोना उपचारपछि घर फर्किने एक हजार जना बढी छन् ।

त्यसैगरी आज साउदीको हफुफ शहरमा सबैभन्दा धेरै १३७ जना संक्रमित पुष्टि भएको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुलीले बताए ।

उनका अनुसार रियाद ११४, अल मोथनिब ७१, दमाम ६६, नजरान ६३, मदिना ६०, अल मुबाराज ५३, खमिस मुसायत ५२, तैफ ५१, रास्तानूरा ४९, मक्का ४७, बुरैद ४५, यान्बु ४३, जेद्दा ३४, ताबुक ३४, आभा ३२ र दहराइनमा ३१ जना नयाँ संक्रमित रहेका छन् ।

त्यसैगरी अबु अरीस २८, जिजान २८, उनैजा २४, वादी अल दावासीर २४, अल बादा २३, अल खोबार २३, खुलैस २२, तथलीथमा २० जना नयाँ संक्रमित थपिएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनकाअनुसार यहाँको अन्य शहरहरुमा कोरोना नयाँ संक्रमित बीसभन्दा तलको संख्यामा रहेका छन् ।

थप यो पनि

• साउदीस्थित नेपाली दूतावास अगष्ट ४ सम्म बन्द

साउदीमा चौबीस घन्टायता २७ सय कोरोना मुक्त, नयाँ संक्रमित कहाँ कति ?

नेपाल एयरलाइन्सले साउदीको तीन शहरबाट चार्टरउडान भर्ने

साउदी अरेबियामा कोरोना निको हुनेको संख्या दोब्बर

तपाईको प्रतिक्रिया