साउदीको दमामबाट हिमालयले चार चार्टरउडान भर्ने

नवराज तामाङ
नवराज तामाङ संवाददाता
दमाम, साउदी अरेबिया

साउदी अरेबियाको दमामबाट हिमालय एयरलाइन्सको चार चार्टरउडान भर्ने भएको छ । उडान यहि अगस्ट ४,५,६ र ७ तारीख राति भर्ने नेपाली दूतावासले जानकारी दिए ।

दूतावासका अनुसार उक्त उडानका लागी दमामस्थित हिमालयको कार्यालयमा यहाँ विभिन्न कारणले अलपत्र परेका नेपालीहरुको सूचि नेपाल सरकारको मापदण्डअनुसार तयार गरी पठाएका छन् ।

कोरोनाका कारण रोजगार गुमाएका, दीर्घ बिरामी, काजकिरियाका लागी जानुपर्ने लगायतलाई पहिलो प्राथमिकता दिन सम्बन्धित एयरलाइन्सका प्रतिनिधिलाई आग्रह गरेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । उनकाअनुसार उक्त उडानहरुमा दूतावासले यसअघि नाम निकालेकाहरु समेत जान सक्नेछन् ।

हवाई टिकटका लागि दमामस्थित रहेको एयरलाइन्सका प्रतिनिधि सुवास तिमिल्सिनाको मोबाइल नम्बर ००९६६५९८४००१९८ मा सम्पर्क गर्नुपर्ने दूतावासले बताए । दूतावासका अनुसार नेपाल सरकारले तोके अनुसार हवाई भाडा अमेरिकी डलर ४६५ ( साउदी रियाल १७४४) नेपाली ५६ हजार ३०० लाग्ने छन् । अन्य समस्या भएमा दूतावासका कर्मचारी हरि घिमिरेलाई मोबाइल नम्बर ०५०००८१५३६ मा सम्पर्क गर्नसक्ने छन् ।


त्यसैगरी दमामस्थित एयरलाइन्सका प्रतिनिधि तिमिल्सिनाले चार्टरउडान गर्न कोरोनाको नेगेटिभ रिपोर्ट पाएपछि मात्र टिकट कन्फार्म गर्नसक्ने बताए । उनका अनुसार कोरोना रिपोर्टको म्याद सात दिनसम्म रहनेछन् । प्रतिनिधि तिमिल्सिनाले आफ्नो नम्बरको व्हाट्सपमा सूचीमा भएको नम्बरसहित सम्पर्क गर्न आग्रह गरे । तिमिल्सिनाले विमानस्थलमा ४ घन्टा अगाडि पुग्नुपर्ने जानकारी दिए ।

हिमालय एयरलाइन्सको कार्यालय दमामको सिको गार्डेन नजिकै खोबर जाने ट्याक्सी पार्क अगाडि रहेको प्रतिनिधि तिमिल्सिना बताए । उनका अनुसार
कार्यालय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहेनछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका