काउन्सिलका सदस्यसचिवलाई स्वागत

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सदस्यसचिव किरणराज शर्मालाई स्वागत गरिएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रमबीच काउन्सिलका सदस्यसचिव शर्मालाई कार्यवाहक अध्यक्षले स्वागत गरिएको हो । उमेर हदका कारण प्रेस काउन्सिल सदस्यसचिव लेखनाथ शर्माले २०७७ साउन १३ गतेदेखि अनिवार्य अवकाश लिएपछि, सूचना तथा प्रसारण विभागको महानिर्देशकको नयाँ जिम्मेवारीमा सहसचिव शर्मा आएको हो ।

प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलको सदस्यसचिवका रुपमा विभागका महानिर्देशकलाई तोकेको छ । उनी यसअघि गण्डकी प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारीमा थियो । कार्यवाहक अध्यक्ष श्रेष्ठले शर्मालाई स्वागत गर्दै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्यसचिवका रुपमा उनका जिम्मेवारीबारे जानकारी गराएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका