साउदी कोरोना भाइरस निको हुनेको संख्या तीन गुणा बढ्यो

आज ४ हजार ४६० जना कोरोना संक्रमित निको

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा चौबीस घन्टायता कोरोना भाइरस उपचार गरिरहेका ४ हजार ४६० जना घर फर्किएका छन् । उक्त संख्यामा कोरोना भाइरस निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

प्रवक्ता डा.अब्दुलीका अनुसार साउदीमा हालसम्म कुल दुई लाख ३५ हजार ६५८ जना कोरोना भाइरस संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

त्यसैगरी आज १ हजार ६८६ जना कोरोना नयाँ संक्रमित थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । उनकाअनुसार हालसम्म दुई लाख ७५ हजार ९०५ जना पुगेका छन् । तीमध्ये ३७ हजार ३८१ जना साउदीको विभिन्न अस्पतालहरुमा कोभिड-१९ को विशेष उपचार लिइरहेको छन् ,’ प्रवक्ता डा.अब्दुलीले भने,’ बिरामीमध्ये २ हजार ३३ जनाको गम्भीर अवस्थामा लिइरहेको छ ।’

प्रवक्ता डा.अब्दुलीका अनुसार साउदी अरेबियामा यहाँ शुक्रबारसम्म कोरोना भाइरसबाट २ हजार ८६६ जनाले ज्यान गुमाभएका छन् , भने तीमध्ये २४ जनाको मृत्यु आजै भएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा बताए ।


यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा कोरोना उपचारपछि घर फर्किने तीन गुणा बढेको छ ।

त्यसैगरी साउदीमा नेपालीहरु कोरोनाबाट कति संक्रमित वा निको भएको तथ्यांक दूतावासले समेत यहाँको सरकारसँग तथ्यांक मागिरहेको बताउँछन् । दूतावासका अनुसार दैनिक जस्तो निको हुने र संक्रमित हुने भएकोले संख्या यकिन गर्न कठिनाइ भएका हुन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ३० भन्दा माथी रहेको दूतावासको भनाइ छ ।

तपाईको प्रतिक्रिया