बहराइनबासी नेपालीहरुले नियोग उपप्रमुख खगराज पाण्डेलाई बिदाइ गरेको छ । सोमबार मान्मस्थित दूतावासमा एक कार्यक्रमका बीच उपप्रमुख पाण्डेलाई बहराइनमा कार्यरत नेपालीहरू आबद्ध विभिन्न संघसंस्थाले बिदाइ गरेको हो ।
कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नियोग उपप्रमुख पाण्डेले आफ्ना चारवर्षे कार्यकाल सौहार्दपूर्ण पूरा गरेकोमा धन्यवाद दिए । राजदूत सुन्दासले थपे- उपप्रमुख ज्युसँगको सहकार्यमा बहराइनमा कार्यरत नेपाली श्रमिकहरुको धेरै समस्याहरू किनार लगाएका थियौँ ।
नियोग उपप्रमुख पाण्डेले राजदूत सुन्दाससँगै उपस्थित सबैलाई बिदाइ कार्यक्रम गरी सम्मान गरेकोमा धन्यवाद दिए । उनले बहराइनमा रहेका नेपाली समुदायसँग बिताएको ४ वर्षा जीवनकै स्मरणीय क्षण भएको बताए । उनले थपे- यहाको अनुभव देशबिदेशमा सम्पादक गर्ने प्रयत्न गर्नेछु ।
नेपाल मगर संघ बहराइनका अध्यक्ष जित घर्ती मगर, तमु समाज बहराइनकी प्रतिनिधि मिना तमुस्यो, किराँत याक्थुङ चुम्लुङ बहराइनका अध्यक्ष बिरेन्द्र तुम्फाम्वे, तामाङ सेवा समाज बहराइनका अध्यक्ष सोनम दोङ, किराँत राई यायोख्खा बहराइनका प्रतिनिधि एकराज राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले संस्थागत रुपमा मन्तव्य राखेका थिए ।
बहराइनका लागि कार्यवाहक राजदूतसमेत रहिसकेका नियोग उपप्रमुख पाण्डे चार वर्षे कार्यकाल कुशलता पूर्वक सम्पन्न गरी नेपाल फर्किने क्रममा छ । उक्त समयावधिमा बहराइनमा रहेका जातीय, क्षेत्रीय, बैचारिक एवं सामाजिक संघसंस्था, संगठनहरू र समग्र श्रमजीवी नेपालीहरू बीच पाण्डेले सेवा अतुलनीय रहेको विभिन्न पेशामा कार्यरत नेपालीहरू बताउँछन् ।
यसैबीच समारोहमा नवनियुक्त नियोग उपप्रमुख अरुणा घिसिङलाई स्वागत गरेको छ । घिसिङलाई राजदूत पदम सुन्दास, आदिवासी जनजाति महासंघ बहराइनका अध्यक्ष झहर मान थेबे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वागत गरेको हो ।
उपप्रमुख घिसिङले पाण्डे जीको अभाव खड्किन नदिने र आफ्नोतर्फबाट श्रमिकहरुका लागि २४ घन्टानै सेवा प्रवाह गर्ने बताइन् ।
आदिवासी जनजाती महासंघ बहराइनका अध्यक्ष अध्यक्ष शझहर मान थेबे सभापतिरहेको कार्यक्रम सचिव तथा तामाङ समाज बहराइनका उपाध्यक्ष पेमा तितुङले सञ्चालन गरेका थिए ।