क्यान्सर रोगी विष्णुलाई आर्थिक सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

क्यान्सर रोगी विष्णु तामाङलाई चौरीदेउराली वडा नं. १ का युवाहरुको पहलमा संकलित रकम हस्तान्तरण गरेको छ ।

शनिबार उनीहरुबाट संकलित रकम एक लाख २६ हजार ८ सय ८० रुपैयाँ सोही वडाका अध्यक्ष राजु आले तामाङबाट प्रदान गरेका हुन् ।
तामाङ कुदाप एण्ड सेलो घरमा गरेको कार्यक्रममा कुदापले पनि आर्थिक सहयोग गरेका छन् ।

सोही अवसरमा बिरामी तामाङलाई सन्त्वाना दिदै अध्यक्ष तामाङले दुई महिनाको पारिश्रमिक तलब सहयाेग गरेका छन्

बिरामी तामाङ २ महिनादेखि एपेन्डिसाइटिसको उपचाररत थिए । धेरै दुखाइपछि भक्तपुर क्यान्सर अस्पतालबाट रोग पत्ता लाग्यो, उनले भने, ‘अहिले डाक्टरका अनुसार १२ पटक किमो गर्नुपर्छ भनेको छ ।’


महिनाको २ पटक किमो गरिरहेको छु, उनले भने, ‘आर्थिक अवस्था कमजोर रहेकाले तपाईहरुको सहयोग पाए मैले नयाँ जीवन पाउनेछुु, सहयोग गर्नुहोस ।’

तपाईको प्रतिक्रिया

पत्रपत्रिका