साउदीमा शनिबार १९ सय कोरोना मुक्त, नयाँ संक्रमित कहाँ कति?(सूचीसहित)

कुल कोरोना निको हुनेको संख्या दुई लाख ३७ हजार नाघ्यो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
Saudi

साउदी अरेबियामा कोरोना नयाँ संक्रमितसँगै मृत्यु हुनेको संख्या घट्दै गएको छ । यसै क्रममा शनिबार कोरोना भाइरसका उपचार गरिरहेका २१ जनाको मृत्यु भएका छन् ।

उक्त संख्यामा मृत्यु भएको यहाँ पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । उनकाअनुसार हालसम्म साउदीमा कोरोना भाइरसबाट २ हजार ८८७ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी प्रवक्ता डा.अब्दुलीका अनुसार साउदीमा शनिबारसम्म कुल दुई लाख ७७ हजार ४७८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये आज १ हजार ५७३ जना नयाँ संक्रमित थपिएको उनले बताए ।

यहाँका विभिन्न अस्पतालहरुमा ३७ हजार ४३ जना कोरोना भाइरसको संक्रमितहरु उपचाररत रहेको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसार तीमध्ये २ हजार १६ जनाको गम्भीर अवस्थामा उपचार भइरहेका छन् ।


त्यस्तै साउदीमा शनिबार १ हजार ८९० जना कोरोना भाइरसको उपचारपछि घर फर्किएको प्रवक्ता डा.अब्दुलीले बताए । उनकाअनुसार हालसम्म दुई लाख ३७ हजार ५४८ जना कोरोना उपचारपछि घर फर्किसकेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा कोरोना उपचारपछि घर फर्किनेको संख्या ३१७ जना बढी छन् । यहाँ कोरोना गत मार्च २ तारीखबाट सुरु भएको थियो ।

त्यसैगरी साउदीमा नेपालीहरु कोरोनाबाट कति संक्रमित वा निको भएको तथ्यांक दूतावासले समेत यहाँको सरकारसँग तथ्यांक मागिरहेको बताउँछन् । दूतावासका अनुसार दैनिक जस्तो निको हुने र संक्रमित हुने भएकोले संख्या यकिन गर्न कठिनाइ भएका हुन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ३० भन्दा माथी रहेको दूतावासको भनाइ छ ।

त्यसैगरी आज साउदीको राजधानी रियादमा सबैभन्दा धेरै १०२ जना नयाँ संक्रमित पुष्टि भएको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुलीले जानकारी दिए ।

उनकाअनुसार मक्का ८९, दमाम ७२, अल हफुफ ६१, मदिना ५५, खमिस मुसायत ५२, हाइल ५१, नजरान ४१, बुरैद ३८, जिजान ३२, जेद्दा ३१, अल बुकेरिया २९, तैफ २९, अर रास २६, ओयोन अल जावा २५, उनैजा २५, बरेक २५, रेजल अल्मा २५, अल मजारदाह २४, वादी अल दावासीर २४, यान्बु २३, आभा २३, अल हरजाह २१ जना नयाँ संक्रमित थपिएका हुन् ।

यहाँका अन्य शहरहरुमा कोरोना नयाँ संक्रमित बीसभन्दा तलको संख्यामा रहेको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा बताए ।

थप यो पनि 

साउदी अरेबियामा कोरोना निको हुनेको संख्या दोब्बर

घरविदा जान तयारी कृष्णबहादुरको साउदीमै अन्त्येष्टि

साउदीको दमामबाट हिमालयले चार चार्टरउडान भर्ने

साउदी कोरोना भाइरस निको हुनेको संख्या तीन गुणा बढ्यो

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका