मन्त्री थापाद्वारा बाढीपहिरो र डुबान प्रभावितहरुको निरीक्षण

राजु तामाङ संवाददाता
0 Shares
सर्लाही

जेष्ठ नागरिक महिला तथा समाजकल्याण मन्त्री थममाया थापाले बाढीपहिरो र डुबान पिडितहरुको पीडाबाट नेपाल सरकार निकै नै चिन्तित रहेको बताइन् ।

महोत्तरी हुँदै सर्लाही र रौतहटको विभिन्न स्थानमा बाढी र डुबान पीडितहरुको निरिक्षणका लागि आएका मन्त्री थापाले बुधबार हरिवन– ४ सासापुरमा राहत सामाग्री वितरण गर्दैै आफू मर्माहित भएको बताइन् ।

पीडित व्यक्तिको सुरक्षा र उनीहरुको बसोबासको लागि सरकार चिन्तित रहेको बताउँदै मन्त्री थापाले भनिन्, ‘प्रभावकारी रुपमा राहत वितरण कार्यका लागि स्थानीयस्तरमा रहेका गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सहकार्यमा एकद्धार प्रणालीबाट राहत वितरण गर्ने काम भैरहेको छ ।’

बागमती सेवा समाज नेपाल, हरिवन र रिलिफ नेपालले पनि हरिवन नगरपालिका– ४ का डुबानमा परेर पूर्ण र आंशिक क्षति पुगेका दश घरपरिवारलाई राहत वितरण गरेका छन् । राहातमा चामल २५ केजी, चिउरा १० केजी, दाल २ केजी, नुन, तेल, झुल दुई थान म्याट, चटाई २ थान बाल्टिन जग, साबुन लगायत प्रदान गरेका छन् । संस्थाले १ घरपरिवार बराबर ४ हजार ३ सय ७५ रुपैयाँका दरले राहत सामाग्री वितरण गरिएको समाजका पूर्वाध्यक्ष निरज भण्डारीले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया