मकवानपुरका बाटोहरु अवरुद्ध, भारतीय गाडी खोलाले बगायो

सैलुङअनलाइन संवाददाता
0 Shares
मकवानपुर
फाइल तस्विर
फाइल तस्विर

मंगलबार रातीदेखिको अविरल बर्षाका कारण मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध भएको छ । गत असारमा आएको बाढीले १२ दिनपछि संचालित हेटौँडा–पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ ।

शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्याएर फर्कने क्रममा एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । गाडी हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको हो । गाडीका चालक तथा सहचालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) आसमान तामाङले उत्तरी क्षेत्रमा राति पानी नपरेका कारण अहिलेसम्म बाटो सञ्चालनमै रहेको छ । तर, भर्खर पानी पर्न थालेकाले सावधान हुनुपर्ने सुझाव प्रजिअ तामाङले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया