गोने ङ्ह्य : तामाङ ज्ञान दिवस

काठमाडाैं

पृष्ठभूमि

तामाङ समुदायले हरेक महिनालाई विशेष अवसरको रूपमा चिन्दै आएको छ । महिनाभित्र पनि पूर्णिमा र औँशीको आफ्नै महत्त्व हुने गर्दछ । अघिकांश कार्यक्रमहरू पूर्णिमा (ङ्ह्य) छेकमा गर्दछन् । औँशी (थुमथुम) छेकलाई भने त्यत्ति राम्रो मान्दैनन् । तैपनि बाँस तथा काठपात काट्नु परेको खण्डमा भने औँशीछेकलाई छान्दछन् । तामाङ ज्ञान अनुसार औँशीमा काटिएका बाँस तथा काठपातमा धुले (कीरा) लाग्दैन तर पूर्णिमा छेकमा काटे धुले लाग्दछ । त्यस्तैगरी मौरी तथा अरिङ्गाल आदिको घार पनि औँशी छेकमा भरिपूर्ण हुने तर पूर्णिमाको छेकमा प्रायः खाली हुन्छ भन्ने ज्ञान पाइएको छ । कतिपय तन्त्र साधना तथा भुत मन्साउने कार्यका निमित्त भने औँशीको कालो रात उपयुक्त मानिन्छन् ।

तामाङ समुदायले गोने (साउन) महिनालाई देवी देउता लगायत सबै राम्रा शक्तिहरू गुफामा बस्ने मासको रूपमा चिन्दै आएको छ । त्यसैले यस मासलाई अशुभ मान्दछन् । लामो मास तथा वर्षामा मारिएला कि बाँचिएला भन्दै साउने सङ्क्रान्तीको रूपमा मनाउँदै आएको छ । शुभ कार्यहरू यस मासमा गर्दैनन् । ‘बुढाखाडा माघलाई ! बलियो बाङ्गो बाघलाई !’ भन्ने उक्ति पनि बनाएका पाइन्छन् । यसले पनि माघ र साउनलाई असहज मासको रूपमा चित्रित गरेको देख्न सकिन्छ । हुन पनि माघको जाडोमा बुढाखाडालाई डर हुने गर्दछ भने साउनमा बाघ भालुदेखि स्याल, वनबिरालोको समेत प्रकोप बढ्ने गर्दछन् । यस प्रकार यिनीहरूका मौलिक ज्ञानको आफ्नै महत्त्व रहेको स्पष्ट हुन्छ ।

गोने ङ्ह्य भनेको गुरु चेलाको सम्बन्ध गाँस्ने अवसर हो । विशेषतः जान्ने कहाँ आफ्नो गुरुको रूपमा सगुनसहित दीक्षाको लागि पुग्छन् । गुरुले पनि चेला बनाउन उचित योग्यता देखेमा स्वीकार गर्दछन् । यस दिन सिकेको मन्त्र तन्त्र बढी नै सशक्त वा लाग्ने हुन्छ भन्ने आम मान्यता रहेको देखिन्छ । जडीबुटी पनि यस दिन सङ्कलन गर्ने परम्परा रहेको छ । यसलाई पशुपङ्क्षीको समेत मुक्तिको दिन मानिएको पाइन्छ । नयाँ मकैको नवाङ्गी सिमेभूमे, नागनागिनी, देउ देवी साथै कुललाई समेत चढाउने गरिन्छन् । यसपछि भने ह्वरी स्हुङ (ज्योहो स्हुङ) पूजाको लागि पनि बाटो खुल्ने मान्यता रहेको छ । यस दिनलाई तामाङ मौलिक परम्परागत लोक सञ्जानरज्ञानको आदानप्रदान तथा दीक्षान्तको अवसरको रूपमा बुझेर शक्तिपीठ विशेषतः महादेव मन्दिर तथा कुण्डको दर्शन गर्ने आदिम कालदेखि चल्दै आएको संस्कृति हो ।

ज्ञानको उदय र उत्पत्ति, स्थित तार वितरण साथै अन्त्य र समापन

तामाङ समुदायमा ज्ञानको उदय वा उत्पत्ति, स्थितता वा वितरण साथै अन्त वा समापन सम्बन्धमा आफ्नै मौलिक मान्यता र दृष्टिकोण रहेको पाइन्छ । यस सम्बन्धमा निम्नानुसार छलफल गर्न सकिन्छ ।

ज्ञानको उदय र उत्पत्ति

ज्ञानको उदयरउत्पत्तिको बारेमा कुरा गर्नु अघि ज्ञान के हो भन्ने सम्बन्धमा स्पष्ट हुनु जरुरी हुन्छ । तामाङ मान्यतानुसार कुनै पनि अवस्थाको जानकारी प्राप्त गर्नु नै ज्ञान हो । अर्को अर्थमा आफ्ना वरिपरि भइरहेका गतिविधिको सूचना प्राप्त गर्नु पनि ज्ञान हो । यस्तैगरी विगतदेखि वर्तमान हुँदै भविष्यसम्मको गतिविधि वा अवस्थाको बारेमा प्राप्त गरेको जानकारी वा सूचना नै ज्ञान हो । (कतिपय परिवेशमा यस्ता ज्ञान ज्ञान नभएर ज्ञानको स्रोत मात्रै हुन सक्छन् । यस्ता स्रोतहरूलाई विशेष प्रक्रियाद्वारा प्रशोधन गरेपछि मात्रै ज्ञान बन्छ तर यहाँ त्यो अवस्थासम्म पुगेको छैन ।)

तामाङ मान्यतानुसार ज्ञान सकारात्मक, नकारात्मक साथै न त सकारात्मक न त नकारात्मक हुने गर्दछन् । ज्ञानको उत्सर्जन सर्वत्र भइरहेको हुन्छ । मानौं तालमा ढुङ्गा खसाउँदा जसरी त्यसको तरङ्ग ढुङ्गा खसाएको स्थानबाट सबैतिर एउटै गतिमा एकनासले तरङ्गित हुँदै जान्छस ठिक त्यस्तैगरी ज्ञानका तरङ्गहरू पनि यत्रतत्र तरङ्गित भइरहेका हुन्छन् । अझ भनौं हावा जसरी उत्सर्जित र प्रशारित भइरहेको हुन्छस पानी जसरी निरन्तर बगिरहेको हुन्छस ठिक त्यस्तैगरी ज्ञान पनि बगिरहेको वा प्रवाहित भइरहेको हुन्छ । त्यसलाई अनुभूति गर्न सक्नु वा नसक्नुमा ज्ञान हासिल गर्ने वा नगर्ने भन्ने कुरामा सीमित भइरहेको हुन्छ ।

उदाहरणको लागि हाम्रा वरिपरि अनगिन्ती आवाजका तरङ्गहरू तरङ्गित भइरहेका हुन्छन् । त्यसरी तरङ्गित भइरहेका मध्येको एउटालाई मात्र समातेर रेडियो बज्छ । एउटा निश्चित आवाज सेलफोनले समात्छ र हामी मोबाइलमा कुराकानी गर्न सक्छौं । यदि हाम्रा वायूमण्डलमा जति तरङ्गहरू छन्स तिनलाई चिन्न सक्ने र पहिल्याउन सक्ने एण्टेना हुँदो हो त या भनौँ सबै तरङ्गहरूलाई ग्रहण गर्न सक्ने क्षमता हुँदो हो त केहीको लागि कहीँ कतै भौँतरिएर पुग्नुपर्ने थिएन । संसारको एक कुनामा कसैले बोलिरहेको शब्दको तरङ्गलाई अन्तै कतै बसेर पनि चिन्न र समात्न सक्ने क्षमता हामीसँग भएको भए कल्पना गर्नोस् हामी के कस्ता हुन्थ्यौं होला !

यहाँ भन्न खोजिएको यत्ति मात्रै हो कि–हामी अनेकौं ज्ञानका तरङ्गहरूद्वारा जकडिएका वा घेरिएका वा बाँधिएका वा बेरिएका छौं । तथापि हामीले त्यसलाई चिन्न र ग्रहण गर्न नसकेका मात्रै हौं । यदि हावामा रहेको फरकपन वा हावाको प्रकारलाई सहज चिन्न सक्ने हो भने त्यस्तो अवस्थामा शायद हामीले यस्ता अनगिन्ती ज्ञानहरूलाई चिन्न र ग्रहण गर्न सक्थ्यौँ होला । एउटा यन्त्रको सहारामा हामी हावालाई छुट्याएर हेर्न सक्छौं अनि यो चाहिँ यो हावा (ग्याँस) हो भन्छौं । त्यसको यौगितकता सम्बन्धी ज्ञान प्राप्त गर्दछौं । त्यस्तैगरी (त्यो यन्त्रले जसरी) हाम्रो ज्ञेयावरणले इन्द्रिय (विज्ञान)हरू तथा मनोविज्ञान वा तेस्रो आँखा खुल्ने हो भने कल्पना गर्नुस् हामी कस्ता हुने थियौं होला !

यसप्रकार ज्ञानका झिल्काहरू सर्वत्र छ्याप्पै ढाकेर बहिरहेका वा तैरिरहेका छन् । तिनलाई हामीले चिन्न र ग्रहण गर्न सकेमा मात्र ज्ञानको उदय वा उत्पत्ति भएको मान्दछौं । मानौं ज्ञान भनेको आगोको ज्वाला हो । त्यो दल्छिन ढुङ्गामा छिपेर रहेको हुन्छ तर हामीले तिनलाई चिन्न र देख्न सक्तैनौं तथापि तिनै ढुङ्गाहरूलाई आपसमा ठोक्काएर वा चकमकको सहायताले त्यसमा छिपेर रहेको आगोको झिल्कालाई बाहिर निकाल्न सक्छौं । तिनै झिल्काहरूलाई सङ्गालेर अनि तिनलाई प्रज्वलनशील बस्तुसँग मिलन गराएर आगो पार्न सक्छौं । त्यस्ता एकै झिल्कालाई एल।पि ।ग्याँस वा पेट्रोलसँग सम्मिलन (ब्रेलरब्रेल्वा) गराउन सकेमा त्यही एल।पि। ग्याँस वा पेट्रोलको मात्रा अनुसार आगोको ज्वाला निस्कन्छ ।

प्रवा भनिने झुरोसँग सम्मिलन गराउनु पर्ने हो भने सोही मात्रामा झिल्कोको मात्रा बढाउनु पर्ने हुन्छ अर्थात् उत्पादित झिल्कालाई कति हदसम्म ठूलो वा सानो मात्रामा सीमित गर्ने वा ग्रहण गर्ने वा लिन सक्ने भन्ने कुरा चाहिँ त्यही प्रज्वलनशील बस्तुको त्यही झिल्कालाई ग्रहण गर्न सक्ने क्षमतामा भर पर्दछ । भनेको के हो भने, ज्ञानको झिल्काहरूलाई साँच्चैको ज्ञानको रूपमा परिणत गर्ने कुरा भनेको तिनलाई पहिल्याउन, चिन्न र ग्रहण गर्ने हाम्रो दिमागरगिदीमा भर पर्दछ । मानौं दिमागरगिदी अर्थात् तामाङ भाषामा भन्ने हो भने ुखोकु वा ुखोु अर्थात् धारणी क्षमता नै प्रज्वलनशील ऊर्जा हो । यसप्रकार ज्ञानको झिल्का र ज्ञानलाई पहिचान र ग्रहण गर्न सक्ने प्रज्वलनशील बस्तुजस्तो हाम्रो दिमाग वा धारणी क्षमताको मात्रानुसार ज्ञानको उत्सर्जन वा उत्पादन वा सिर्जना भइरहेका हुन्छन् वा हुने गर्दछन् । कहिले कहीँ भने आवश्यकता वा मानसिक रूपमा परिरहेको गहिरो सुसुप्त वा जागृत छाप अथवा बुझाईले पनि ज्ञानलाई जन्माउने गर्दछन् । जस्तै मस्त निद्रामा वा तन्द्रावस्थामा वरिपरि घटिरहेका घटना वा आवाजले पनि सही ज्ञान दिन सक्छन् ।

उदाहरणको लागि कोही एकजना मानिस गाईवस्तुसहित मावरको जङ्गलमा पुगेको रहेछ । समय भने वैशाख जेठको थियो । गाईवस्तुहरू जङ्गलमा लगाएर उनी भञ्ज्याङनेरको रूखको फेदमा सुस्ताइरहेका थिए । त्यतिखेर उनी निदाए तथापि मनमा भने गाईवस्तुहरू कुनै पनि बेला खस (खड्का)को मकैबारीमा पस्न सक्छ भन्ने चिन्ता रहेछ । नभन्दै यथार्थमा पनि त्यही भइरहेको थियो । त्यो व्यक्ति निदाइरहेकै थियो । उठ्न वा बिउँझिन सकिरहेको थिएन । त्यस्तैमा तिनले नारी आवाज सुन्यो । तिनले भन्दि रहिछन् ‘मेसे खसला मकै चजीरगाईवस्तुले खसको मकै खायो ।’ यो आवाज निकै लामो समयसम्म उसले न्र्रिा वा तन्द्रावस्थामै सुनिरहृयो । पूर्ण रूपमा बुझन नसकेको जस्तो अनि बुझेर पनि उठ्न खोज्दा उठ्न नसकिरहेको जस्तो । केही बेरसम्मको त्यही आवाज र अवस्थालाई पार गर्दै त्यो मान्छे झसङ्ग भएर बिउँझिएछ । तिनी होशमा आउँदा त्यही रूखको टुप्पोमा बसेर एउटी चरी कराइरहेको देखेछन् । अघि उसले सुनिरहेको आवाज त त्यही चरीको पो रहेछ । त्यसपछि उनको मनमा भने अघि ुगाईवस्तुले खसको मकै खायोु भनेको कुराको याद आएछ । तत्कालै उसले यत्ताउत्ति हेरेछ । कतै पनि गाईवस्तुहरू देखेन छ । दौडेर अलिमाथिको थुम्कोमा पुगेर खसको मकैबारीतिर नजर दौडाए छन् । साँच्चै, गाईवस्तु त खसको मकैबारीभरि पसिसकैका रहेछन् । यहाँ यस उदाहरणले पनि ज्ञानको उदय कस्तो अवस्थामा कसरी पनि हुँदोरहेछ भन्ने स्पष्ट पारेको छ ।

ज्ञानको स्थितता र वितरण

उत्पादित ज्ञान भनेको आगोको ज्वाला जस्तै हुन्छ । त्यसैले अब बल्न वा बाल्नको लागि रहेको ऊर्जाको अनुपातमा प्रज्वलित भएर बस्ने वा स्थितता हुने वा समाप्त हुने भन्ने कुरा निर्धारित हुने गर्दछ । ऊर्जा अर्थात् प्रज्वलनशील बस्तु नभएमा झिल्का तत्काल समाप्त हुन्छस त्यस्तो अवस्थामा ज्ञानले साकार रूप ग्रहण गर्न सक्तैन । प्रज्वलनशील बस्तु छ भने त्यसको मात्रानुसार बल्ने वा ज्ञानले साकार रूप ग्रहण गर्दछ । त्यस्तैगरी ज्ञान उत्सर्जित नहुन सक्छ भने उत्सर्जित भएपछि पनि ग्रहण गरेर राख्न सक्ने आलयविज्ञान (भण्डार)को क्षमतानुसार स्थितता हुने वा समाप्त वा अन्त्य हुने गर्दछन् ।

यसप्रकार बाउ वा गुरुले प्राप्त गरेको ज्ञान उसको क्षमतानुसार सङ्ग्रहित भएर रहेको हुन्छ । त्यसलाई चेलामा हस्तान्तरण वा प्रत्यारोपण गरेपछि चेलामा पनि सर्छ अर्थात् ज्ञानले स्थितता प्राप्त गर्दछ । यसलाई ‘बप्पा’ पनि भनिन्छ । त्यस्ता ज्ञानलाई समय समयमा हेरचाह नगरेमा वा पुस्तान्तरण नगरिएमा सदाको लागि समाप्त हुने खतरनाक अवस्था पनि स्वतः उत्पन्न हुने गर्दछ । यही तथ्यलाई बुझेर नै तामाङ बोनहरू गोने ङ्ह्यलाई अवसरको रूपमा प्रयोग गर्ने गर्दछन् ।

तामाङ मान्यतानुसार ज्ञान हासिल गर्न सक्नु नै बोन हुनु हो । बोन भएपछि ज्ञानलाई स्थितता बनाई राख्न वा अझै परिष्कृत बनाउका निमित्त माझने कार्य जरुरी मानिन्छ । सोहीक्रममा आफैँले एक्लै प्रयोग गरेर वा अभ्यास गरेर माझ्ने वा अन्य (चेला)लाई हस्तान्तरण गरेर जीवन्त राख्ने भन्ने अवसर छान्न सकिन्छ । यहीनेर जति धेरै चेला उत्ति नै धेरै मानसम्मान प्राप्त हुने हुनाले गोने ङ्ह्यको विशेष महत्त्व रहन्छ । शायद यस्तै भएर हुनुपर्दछ, जीवाबोन (गोले बोम्बो)ले गोसाई (भैरव) कुण्डको नागसँग ज्यानको बाजी थापेर लडेका थिए ।

प्राप्त ज्ञानको स्थिततापछि मात्रै बल्ल प्रशारण वा वितरण सम्भव हुन्छ । वितरणकै क्रममा गोने ङ्ह्यको विशेष महत्त्व रहेको हो । यदि ज्ञानको स्थितता र वितरण वा हस्तान्तरण नहुँदो हो वा अवश्यक नभएको भए गोने ङ्ह्यको अर्थ रहने थिएन । यही तथ्यको आधारमा हाम्रा महान् पुज्यनीय पूर्खाहरूले गोने ङ्ह्यलाई चिने र स्थापित गरेर राखेका थिए । आज पनि यसले तामाङ समुदायलाई मौलिक पहिचानदेखि अलग हुन नदिई साँच्चैको सामुहिक, सामुदायिक र सामाजिक प्राणीको रूपमा स्थापित मानिसहरूका भीडमा तामाङ राष्ट्रलाई पनि सगौरवताका साथ उभ्याइरहेको छ ।

ज्ञानको अन्त्य र समापन

ज्ञानको अन्त्य भनेको समाप्ति हो । यदि ज्ञान मर्यो भने वा ज्ञान हासिल वा ग्रहण गर्न नसक्ने भयो भने वा स्थितता र वितरण एवं हस्तान्तरण गर्न सकिएन भने त्यस्तो अवस्थामा ज्ञानवाला मानिसको मृत्यु भएसमान मानिन्छ । स्पष्ट शब्दमा भन्नुपर्दा, मृत्युपछि मात्रै त्यस्तो अवस्थाको सिर्जना हुन सक्छ । तामाङ अवधारणा अनुसार मानिसको मृत्यु असम्भव छ । चाहँदैमा उसले मर्न सक्तैन । त्यसैले त ऊभित्र बाँच्ने रहर जागृत भइरहेको हुन्छ । त्यही जागृत रहरले उसलाई ऊर्जा दिइरहेको हुन्छ । ऊ बाँचिरहेको हुन्छ । आत्महत्या गर्न वीष पिएपछि होस् या झुण्डिएपछि या शरीरमा चोट पुर्याएपछि पनि शरीर तड्पिन्छ । हल्लिन्छ वा छटपटिन्छ । त्यसको अर्थ उसको मनोविज्ञानले मृत्युलाई स्वीकार गरे पनि शरीरले भने त्यस अवस्थालाई पटक्कै स्वीकार गरेको हुँदैन ।

यही तथ्यलाई भित्रैदेखि बुझेको हुनाले तामाङ समुदाय ज्ञानको अन्त्य वा समापन चाहँदैन । त्यसैले अन्त्य वा समापन हुन दिनु हुँदैन भनेरै अनेक अवसरमा वितरण वा हस्तान्तरणको लागि पर्वको सिर्जना गरिएको देखिन्छ । केही कुनै व्यहोरावश ज्ञानको अन्त्य भएमा वा हुन गएको रहेछ भने पनि ज्ञानवालाको चेतनाले शरीरको मृत्युपछि पनि चेला अर्थात् उचितरसम्यक् पात्रको खोजी गर्दछ । सोहीक्रममा विशेषतः आफ्ना चेला वा परिवारजनमा उत्रने गर्दछ । त्यसपछि उत्रिएको व्यक्तिमा पहिलेको ज्ञानवालाको चेतनाले स्थान ग्रहण गर्दछ । परिणामतः उत्रिएको मानिसमा ज्ञानको उत्पन्त हुने अर्थात् ज्ञान प्राप्त हुने वा आउने गर्दछ । यदि त्यस्तो उचित पात्र प्राप्त नभएमा वा शरीर त्गागिसकेको चेतनाको चाहना नभएको अवस्थामा भने सदाको निमित्त ज्ञानको समाप्त वा समापन हुन पनि सक्छ ।

ज्ञान आर्जन र प्राप्त र हासिल गर्ने तरिकाहरू

ज्ञानको झिल्काहरू जताततै झिलिक्क गरेर निस्कन तयार वा यत्तिकै उत्सर्जित पनि भइरहेका हुन्छन् । तिनीलाई चिन्न नसकेपछि झिल्का र त्यसलाई बाहिरी आँखाले देख्न सक्ने स्वरूपमा वा विज्ञानले अनुभूति गर्न सक्ने अवस्थामा ल्याउनको लागि अन्य माध्यमको आवश्यकता परेको हो । यस पक्षलाई एकै क्षण छोडेर कुरा गर्ने हो भने यसको निर्माण वा उत्सर्जनमा दियाले भुतलाई लिन सकिन्छ । औंशीको अँध्यारो रातमा दियाले भुत देखा पर्दछन् । त्यसक्रममा एउटा सानो आगो पिलपिल गर्दै बल्न थाल्छ । एक्कासी त्यो झयाप्प निभ्ने साथै एकैचोटी पाखै ढाकिने गरी प्रसारित पनि हुने गर्दछ । यहाँ दियाले भुतसरिको ज्ञानलाई मात्र लिन पहिचान गर्न सकिएमा धेरै हुनेछ । अझै माथि भनिए जस्तै पानीको तलाउमा ढुङ्गा खसाउँदा उत्पन्न र प्रशारण हुने तरङ्ग वा घामको किरण अनि हावा जस्तैगरी आइरहेका ज्ञानको स्रोतलाई पहिचान र ग्रहण गर्ने क्षमता मान्छेमा हुने हो भने त्यसले बुद्धलाई पनि नाघेर जान नसक्ने भन्ने छैन ।

वास्तवमा अहिलेको अवस्थामा बुद्धसम्म हुने भन्ने भन्दा पनि बुद्धलाई पनि उछिन्न सक्ने क्षमता विकासको अभाव हो । एकपछि अर्को पुस्ताले अघिल्लो पुस्तालाई उछिन्न सक्नु पर्दछ । यदि त्यसले उछिन्न सक्तैन वा सकेन भने पछिल्लो पुस्ताको क्षमतामा प्रश्नचिह्न उत्पन्न हुने गर्दछ । ठिक त्यसैगरी तत्कालीन सनातन वैदिक धार्मिक दर्शनमा रहेका ज्ञानलाई उछिनेर सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका थिए । यदि सिद्धार्थ गौतमले त्यही समथासम्ममै लीन भएर त्यसैलाई संसार मानेर बसेको भए उनी बुद्ध हुने थिएनन् । त्यही नियम अनुसार अहिले हामीले बुद्धलाई नै सर्वेसर्वा भनेर प्रार्थना गर्ने वा तिनले प्राप्त गरेको तहसम्म पुग्ने वा तिनलाई पनि उछिनेर जाने भन्ने अहिलेको प्रश्न हुनुपर्दछ ।

त्यसका निमित्त अहिलेको बुद्धले अब ज्ञानको पहिचान, सङ्ग्रह वा स्थितता साथै प्रशारण एवं हस्तान्तरण गर्न सक्ने क्षमताको अभिवृद्धि गर्न सक्नुपर्दछ । बोन परम्परामा पनि ज्ञानको पहिचान, सङ्ग्रह र हस्तान्तरणको उपाय भनेको इन्द्रियहरूद्वारा नै हुने गर्दछ । यहीनेर के पनि बुझ्न जरुरी छ भने मौखिक रूपमा सुनिसुनाईले मात्रै सम्पूर्ण ज्ञान हासिल गर्न असम्भव छ । हुन त बौद्धदर्शनमा श्रमणेरको कुरा आउने गर्दछ । सामान्य अर्थमा यसले गुरुबाट चेलाले सुन्ने वा श्रवण गर्ने भन्ने अर्थ राखेको हुन्छ । तथापि मन लगायतका विज्ञानहरूले अनुभूति गरेको सम्पूर्ण चिजहरूलाई मौखिक रूपमा सुनाउन सकिन्छ भन्ने छैन ।

सामान्य मानिसमा हेर्ने हो भने शब्दको अभाव, शब्दले बोक्ने वा प्रतिनिधित्व गर्ने क्षमताको अभाव, उच्चारण क्षमता र त्यसमा हुनुपर्ने न्यायको अभाव हुने गर्दछ । त्यसपश्चात बल्ल श्रमणेरमा पुग्ने हुनाले वक्ताले बोलेको शब्दलाई श्रोताले सुन्ने र ग्रहण गर्ने क्रममा हुने चुहावट, त्यसपछि बल्ल बुझ्ने हुँदा सोही क्रममा पनि थप चुहावट, त्यस्तैगरी त्यसले उसमा बनाउने वा निर्माण गर्ने छाप जस्ता पक्षहरूलाई हेर्ने हो भने विशेषगरी विदेशी विकासे योजना गाउँमा पुग्दा १० प्रतिशत मात्र हुन्छ भन्ने नियमले वर्चस्व कायम गरिसकेको हुन्छ ।

त्यसैले मौखिक रूपमा सुन्ने र सुनाउने तरिका आफैँमा पूर्ण नहुँदोरहेछ भन्न सकिने भयो । त्यस्तैगरी सुन्ने र सुनाउने प्रक्रियाको प्रयोगक्रमका निमित्त दुवै पक्षबीच प्रत्यक्ष भेटघाट वा फोनसम्पर्क वा भिडियो च्याट आवश्यक हुन्छ । सामान्य कुरालाई लिऔँ ‘पिरो छ र पीरो छ र पीकककरो छ !’ भन्ने शब्दको उच्चारण नेपाली देवनागरी लेखन पद्धतिमा कस्तो छ भनेर हेर्न सकिन्छ । पछिल्लो समयमा कथित विद्वान् भाषाविद्हरू आफैँले अर्काको पूर्खादेखि चल्दै र बोल्दै आएको कुरालाई ठिक र बेठिक भनेर छुट्याउन थालेपछि र हावादारी नियम बनाएपछि माथि उल्लेखित तीनवटै पक्षलाई ‘पिरो छ ।’ मा मात्र सीमित पारेको छ। ‘पीरो छ र पीकककरो छ भनेको वक्ताको भावना हो । त्यस भावनालाई मार्ने हत्याराहरू नै भाषाविद् भएपछि वक्ता र श्रोताबीचको संवादमा भावना भन्ने पक्षको प्रशारण प्रायः असम्भव भएको छ ।

यसप्रकार वक्ता र श्रोता बनेर प्रशारित तथा ग्रहण गरिएको ज्ञान पनि अपाङ्ग सावित हुने खतराको औषत तह बढ्नु स्वाभाविक हो । यस्ता समस्याको समाधानसमेत हुने गरी धेरै पहिलेदेखि नै बोनहरूले अन्य थुप्रै उपायहरूका निर्माण गरेका पाइन्छन् । यसक्रमममा उनीहरूले इशारा गर्ने, बोल्ने (भाव वा सजीवताका साथ, शाब्दिक सजीवताको प्रयोग), नबोलेर साथै भाषाको प्रयोग नगरेर ज्ञान आदानप्रदान गर्ने, टाढा रहेका र प्रत्यक्ष रूपमा सम्पर्क वा उपलब्ध नभएका मानिसँग संवाद गर्ने एवंरीतले मरेका शरीरहरूका चेतना साथै देउता लगायतका पक्षहरूसँग (निराकाररप्रकाशपुञ्जरहावाको रूपमा रहेका)सँग संवाद वा सूचनाको आदानप्रदान गर्ने तरिकाको समेत विकास गरेका देखिन्छन् । त्यसका लागि अनेक योग तथा विधिहरूका विकास, अभ्यास र पुस्तान्तरण समेत गर्दै आएका पाइन्छन् ।

माथि उल्लेख गरिएजस्तै मौखिक वा शाब्दिक संसारबाट बाहिर निस्केर बोनहरूले त्यसभन्दा बाहिरको संसारको कल्पना गरेका देखिन्छन् । त्यस्ता ज्ञानहरूका पहिचान, अभ्यास साथै पुस्तान्तरण गर्ने शुभ अवसरको रूपमा उनीहरूले गोने ङ्ह्यलाई लिएका रहेछन् । त्यसक्रममा उनीहरूले बाह्य इन्द्रियहरूका सट्टामा वा तिनीहरूलाई बन्द गरेर मनोविज्ञान वा विशेष उच्चस्तरीय चेतनालाई प्रयोग गरेका रहेछन् भनेर भन्न वा दावी गर्न सकिन्छ । यो क्रम विशेषतः ज्ञानको प्रसारण वा हस्तान्तरण साथै दैवीशक्ति भनिएका लगायतका अरूपीय (निराकार) पक्षहरूका संसारलाई चिन्ने अनि तिनीहरूसँग सम्बन्ध कायम गर्दै त्यसबारे ज्ञान हासिल वा संवाद गर्ने तरिकाको रूपमा विकास गरेका देखिन्छन् ।

ज्ञानको बिस्तारको क्रममा शिक्षादीक्षाको कुरा आउने गर्दछ । यस प्रक्रियामा मानिसले मस्तिष्कको सहारा लिएको हुन्छ । मस्तिष्क बिना यो प्रक्रिया सम्भव हुँदैन । यसलाई ज्ञान हासिल गर्ने प्रक्रियाको रूपमा लिँदाखेरि गुरु र चेला, वक्ता र श्रोता, लेखन वा भनाईसँगै पाठकको आवश्यकता पर्दछ । यसक्रममा सिक्ने र सिकाउने वा सुन्ने वा सुनाउने प्रक्रिया अपनाउनु पर्दछ । कहिले कहीँ ज्ञान वा त्यसको स्रोतसँग जानअञ्जानमा सम्पर्क स्थापित हुन सक्छन् । त्यतिखेर बिना गुरु वा गुरुत्व बिना पनि ज्ञान आर्जन हुन सक्छन् । व्यक्तिले ज्ञान वा त्यसको स्रोत भेट्टाएपछि अचानक आफैँलाई त्यसको बारेमा ज्ञान हुन्छ र ज्ञान प्राप्त गर्दछ । घोरिएर बस्दा वा हिँडिरहेको बेलामा पनि अचानक कहिले कहीँ ज्ञान प्राप्त भैदिने गर्दछन् । विशेष गरेर नयाँ धार्मिक आन्दोलनका प्रवर्तकका रूपमा देखिएका गुरुहरूमा त्यस्तो ज्ञान प्रकट भएका पाइन्छन् । कोही मानिस लामो समय ओछ्यानमा रहँदाको अवस्थामा एक्कासी कुनै चमत्कारपूर्ण शक्ति वा ज्ञान प्राप्त गरेका बताउँछन् ।

प्रायः सबैले सिकेरै ज्ञान प्राप्त गरिरहेका हुन्छन् । त्यसक्रममा मौखिक, महानुभूति (Transcendental) र आनुवांशिक (Genetic) जस्ता माध्यमहरूका प्रयोग गरिँदारहेछन् । मौखिक रूपमा सिक्ने सिकाउने पक्षको बारेमा माथि नै चर्चा भइसकेको छ । यहाँ महानुभूति र जेनेटिक प्रक्रियामाथि पनि हेर्न आवश्यक देखिन्छ । महानुभूति शब्द महान् र अनुभूतिको संयोजनबाट बनेको हो । यसबाट ज्ञान प्राप्त गर्न सकिएमा चमात्कारिकताको मात्रामा अभिवृद्धि हुने गर्दछ । यसको लागि बोनहरूले अनादिकालदेखि नै अभ्यास गर्दै आएका देखिन्छन् । यस अवस्थामा पुग्न राम्रा गुरुको साथमा निरन्तर अभ्यासको आवश्यकता पर्दछ । यस प्रक्रियामा सामान्य वा असामान्य परिस्थितिको सिर्जना गरी सोही बखत स्वतः ज्ञानको हस्तान्तरण गर्ने गराउने वा असामान्य परिस्थितिको सिर्जना गरेर उचित वा अनुचित रूपमा ज्ञानको हस्तान्तरण हुने गरेका पाइन्छन् ।

बोन मत अनुसार महानुभूतिको लागि र्सवप्रथम ज्ञान सिक्न चाहनेले आफूलाई तयार पार्नु आवश्यक हुन्छ । त्यसैले विशेष गरेर ज्ञान प्राप्त गर्नु गराउनुपर्ने व्यक्तिलाई देउता बोकाउने भन्ने हुन्छ अर्थात् देउता वा कुनै शक्ति उक्त व्यक्तिको जीउमा स्थापित गराउँदछन् । त्यसपछि बकाउँछन् । यो क्रम बिमारीको उपचारको क्रममा अझ धेरै प्रयोग गरिन्छन् । बिमारको कारण खुट्याउनेदेखि बिमार पार्ने तत्व वा शक्तिलाई बकाउने क्रम चल्दछ । यसमा उचित र अनुचित गरी दुई बाटाहरू हुन्छन् । उचितको लागि प्रायः गुरु र चेलाले विधिवत रूपमा आफ्नो काम गर्दछन् भने अनुचित रूपमा जान्नेले अन्य कसैलाई उपयोग गर्न सक्छन् । तामाङ समुदायमा सुत्केरीलाई नचोख्याएसम्म कुर्नु पर्छ भन्ने मान्यता रहेको पाइन्छ । यसको उएटै कारण के हो भने कुनै बोक्सीले अनुचित रूपमा आफ्नो ज्ञान सुत्केरीलाई सिकाउन नपाउन भन्ने नै हो ।

जनविश्वास अनुसार बोक्सीहरू आफ्नो सत्तालाई बलियो बनाउनका लागि सुत्केरीहरूलाई सहज रूपमा लिन्छन् किनकी सुतिरहेकी सुत्केरीलाई बोक्सीले नाघ्ने बित्तिकै उसमा भएको सबै ज्ञान सुत्केरीमा आफैँ र्सछन् । सुत्केरी आफैँलाई ज्ञान नहुँदा(नहुँदै उनी आफू बोक्सी ज्ञानले युक्त हुन पुगेकी हुन्छन् ।

महानुभूतिमा कहिले कहीँ कुनै शक्तिको प्रयोग गरेर अरूमाथि प्रहार गर्ने वा संरक्षण गर्ने भन्ने सम्मको कुरा आउने गर्दछन् । विशुद्ध बोनले गर्ने महानुभूतिमा भने आफ्ना कुल पितृ तथा देउताहरूसँग सिधा सम्बन्ध स्थापित गर्ने र कुराकानी गर्ने नै हो । उपचारक झाँक्रीले भने बिमारीलाई पिर्ने शक्तिलाई चिन्ने र देउताबाट शक्ति प्राप्त गरी पिराह शक्तिलाई सिध्याउने वा लखेट्ने काम गर्दछन् । त्यस्ता शक्तिको पहिचान पनि महत्त्वपूर्ण हुने गर्दछ । पहिचानपछि पनि अझै नदेखिने अवस्था आउन सक्छन् । त्यस्तो अवस्थामा भने सुँघेरै पनि पहिल्याउन सक्छन् ।

पहिल्याएर स्पष्ट भएपछि बल्ल सिध्याउने क्रममा आगोले डाम्ने, तातो पानीले हान्ने, बन्दुकले हान्ने, मन्त्रेको अक्षताले हान्ने र दोबाटोमा लगेर गाड्ने भन्ने हुन्छ । त्यस्तैगरी लखेट्ने र सातसमुद्र पार गराउने वा त्यसरी लखेटिएपछि वा समाप्त गराउने क्रममा पनि पूर्ण रूपमा समाप्त वा सिध्याउन नसक्ने भएमा सातसमुद्र पारी रहेको सुख्खा वृक्षमा पुर्याएर छोड्ने गर्दछन् । जीवित वृक्षमा राखेपछि त्यसले उक्त वृक्ष नै मार्न सक्ने वा लामो समयसम्म रहने हुन्छ । सुख्खा वृक्ष भनेको छिटै सढेर सकिने क्रममा रहेको स्थानमा बास दिने हो ।

कुलको पुजारी बोनले महानुभूतिकै अवस्थामा पुगेको बेला आफ्ना कुलहरूका नाम सबै भन्न सक्छन् । तिनीहरूका अवस्थिति साथै आफ्ना जजमान वा घरपरिवारदेखि गाउँले वा त्यहाँ उपस्थित भएकाहरूका बारेमा ज्ञान प्राप्त गर्न सक्छन् । यस अवस्थामा महानूभूति गर्ने व्यक्तिले आफ्नो भाषाको साथै कहिल्यै पनि नजानेको वा नसुनेको वा सामान्य अवस्था बोल्न नसक्ने वा नजान्ने भाषाको समेत सहज प्रयोग गर्न सक्छन् । यो अभ्यास निकै जोखिमपूर्ण हुने पनि गर्दछन् । बोन मान्यतानुसार आफूले जगाएर बोलाएको अवस्थामा आफूले जसलाई पुकारेको होस ऊ भन्दा पहिले अरू नै शक्तिस जसलाई आफूले बोलाएको हुँदैनस उही चाहिँ आफूले बोलाएको शक्तिको रूप धारण गरी आउने खतरा हुन्छ । त्यसैले उच्च सचेतता आवश्यक हुन्छ । महानूभूतिको अवस्थामा पुगेको व्यक्तिलाई बाह्य आगो, पानी वा हतियारले प्रभाव पार्न नसक्ने बोन मान्यता वा विश्वास पनि हो । त्यसैले तामाङ समाजमा महानुभूतिलाई सबैभन्दा उच्चस्तरीय मान्यता दिइएको हुन्छ ।

महानुभूतिको स्थितिमा चेत अचेत वा सुसुप्त जस्ता तीनवटै अवस्था एकसाथ रहेको हुन्छ । उसको शारीरिक अवस्था चेताचेत ९चेत र अचेत० नै हुन्छ । जसले गर्दा बाहृय वातावरणको प्रभाव पर्दैन । आगोले पनि पोल्दैन । उकालो र ओरालो वा तेस्रो वा भीरको बाटोमा कुनै फरक आउँदैन । मानसिक रूपमा चेतको अंशले सम्बन्धित शक्तिसँग साक्षत्कार गरिरहेको हुन्छ । जस्तै पहरोबीचमा देउता छ । तिनलाई देख्छन् र कुराकानी भएपछि ऊ त्यहाँ चैतसिक रूपमा पुग्ने क्रममा हुन्छ । शारीरिक रूपमा उसको गोडाहरू त्यो पहरोको भीरमा पनि चलिरहेका हुन्छन् । अचम्मको कुरा त्यो अवस्थामा उसको भौतिक शरीर चेताचेत अवस्था पुगेको हुन्छ । चेतले उसको शरीरलाई चलायमान बनाइरहेको हुन्छ भने अचेतले शरीरलाई सुरक्षा प्रदान गरिरहेको हुन्छ ।

मानसिक चेतले भने उसलाई एक अर्थमा अर्कै संसार वा शक्तिसँग सिधा सम्पर्क गराइरहेको हुन्छ । सुसुप्त अवस्थाले उसलाई आफ्ना वरिपरि रहेका वातावरण वा मानिसहरूका अनुभूति पनि गराउँदछ । त्यसैले कसैले बोलेको वा सोधेको कुराको उसले जवाफ पनि दिन सक्छन् । सुसुप्त अवस्थाको पनि विद्यमान हुने हुनाले अन्य बेला भएको वा भोगेको कुराहरू पनि कहिले कहीँ जोडिन सक्छन् अथवा चेतको अवस्था बीचबाटै एक्कासी सुसुप्त अवस्थामा पुग्न सक्छन् । त्यस्तो अवस्थामा अन्यौलग्रस्त पनि हुन सक्छन् । त्यस्तैमा एक्कासी सर्वाङ्ग होशमा आइदिन्छ । त्यस्तो अवस्थामा सम्बन्धित शक्तिले छोडेको हुन्छ । त्यस्तो बेला उसलाई समस्या पर्दछ । विशेषतः सम्बन्धित पक्ष वा शक्तिले जाँच लिने क्रममा त्यस्तो हुने हुनाले त्यस्तो अवस्था धेरै बेर रहँदैनस क्षणिक मात्रै हुने गर्दछ ।

ज्ञान हासिल गर्ने र हस्तान्तरणको क्रम ध्यानावस्थाबाट पनि हुने गर्दछ । ध्यानावस्थाबाट सर्वप्रथम लनी छङ्पो (लनी छङ्वै रेञ्जेनरब्रह्मा)ले डुप्पाङ्यम्पा अर्थात् ध्यान गरेर ज्ञान प्राप्त गरेका थिए । त्यसपछि उनले हावाको तह उत्पन्न गराएका वा तानेर स्थापित गराएका थिए । सोही हावाको तह स्थापना भएपछि पृथ्वीको सृष्टि हुन पुग्यो । त्यसपछि जीव वनस्पतिहरू पनि उत्पन्न हुँदै गए भन्ने शेरपरकहानी पाइन्छन् । महानुभूतिको उपक्रममा सम्मोहन विधि पनि आउने गर्दछ । त्यसक्रममा अन्य व्यक्तिलाई सम्मोहित पार्ने, मोहनी लगाउने, पर रहेको बिमारीको बारेमा जानकारी प्राप्त गर्ने, परै बसेर पनि झारफूक गर्ने साथै भेद्ने पनि गर्न सक्छन् ।

कतिपयले त र्सपको हड्डीको मालालाई नै जिउँदो सर्पको स्वरूप दिने, कङ्कालहरूलाई नै हिँडाउने वा चलायमान बनाउने जस्ता ज्ञान राखेका हुन्छन् । त्यसक्रममा आफ्नो ज्ञान शक्तिको आधारमा तिनीहरूले निर्जीव वस्तुहरूमा पनि ज्ञान प्रत्यारोपण गरिदिन सक्छन्स जसका कारण निर्जीवहरूले पनि ज्ञानको अनुभूति गर्दछन् र आफूलाई ज्ञानद्वारा आदेश दिनेको आदेश मुताविक चल्ने र काम गरिदिने पनि गर्दछन् । यो तहसम्म वैज्ञानिक खोज पनि पुग्न बाँकी देखिन्छ । सोही क्रममा तन्त्र, मन्त्र, यन्त्र सहितको आभिचारिक कृत्यहरू विकास गरेका पाइन्छन् । त्यस्तैगरी मन्त्र वा नाच वा आवाज उत्पन्न गरेर वा गराएर पनि जीवित वा निर्जीवलाई समेत भ्रमपूर्ण ज्ञान दिएर मनोकाङ्क्षा पूरा गर्नेहरू पनि रहेका पाइन्छन् । ध्यानावस्थामा रहेको बेला आफ्नो अवस्था र वरिपरिको वातावरण साथै कसैले कुनै प्रकारको हमला गर्दै गरेको रहेछ भने पनि स्पष्ट देख्न सकिने झाँक्रीहरू दावी गर्दछन् । त्यस्तैगरी नाडी विचार एवं जोखना हेरेर पनि ज्ञान हासिल गर्ने प्रचलन रहेका पाइन्छन् ।

ज्ञान हासिल मानिस इतर प्राणीहरूले पनि गर्दछन् । लज्जावती झारले त तत्कालै प्रतिक्रिया जनाउँदछ । चराले गूँड बनाउनु, र्सपादिले अण्डाबाट निस्केपछि वा जन्मेपछि शिकारमा निस्कनुलाई उदाहरणको रूपमा लिन सकिन्छ । नवजातले दूध चुस्न खोज्नेरजान्ने, जुगाले रगत चुस्ने क्रममा गुरु हुँदैनन् । त्यस्तैगरी वनस्पतिले पनि आफूलाई जीवित राख्ने, बाँच्नका लागि आवश्यक तत्त्वहरू प्राप्त गर्ने वा भूमि र वातावरणबाट सोसेर लिने र जरा पैलाउने अनि बारुलादिन, धमिरा, कमिलादिले आफ्नो गोला बनाउने साथै सूर्यमूखी फूलले घामतिर पर्कने ज्ञान आणुवांशिक रूपमा स्वतः प्राप्त गर्छन् अर्थात् त्यस्ता ज्ञान (जुन उसको लागि आवश्यक छस त्यसलाई) हासिल गर्दछन् । यसरी जन्मजात रूपमा स्वतःस्फूर्त ज्ञान प्राप्त गर्नु भनेको चाहिँ जैविक रूपमै भएको देखिन्छ ।

सारांश

अन्त्यमा हामी यो निष्कर्ष निकाल्न सक्छौं कि( ज्ञानको उत्पत्ति आफैँ भइरहेका वा गराउन सकिने कुरा हो । हावामा रहेका विविधतालाई विज्ञानको साहराले छुट्याए जसरी नै जताततै व्याप्त ज्ञानलाई हामीले चिन्न सक्ने क्षमता अभिवृद्धि गर्न सक्छौं । यर्सथमा हामी ज्ञानमा लपेटिएर रहेका छौं । भौतिक शरीरको बाहिर र भित्र जताततै ज्ञानै ज्ञान मात्र व्याप्त रहेका छन् । त्यस्ता ज्ञानलाई इन्द्रियहरू, मनोविज्ञान, महानुभूति र ध्यानावस्थाको अभ्यास साथै जैविक रूपमा स्वतः प्राप्त गुणको आधारमा प्राणीदेखि वनस्पतिसमेतले हासिल गर्दछन् । यी सबै पक्षहरूका बारेमा बोन तथा झाँक्रीहरूले परापूर्वकालदेखि नै मौलिक रूपमा प्रयोग र अभ्यास गर्दै आएका पाइन्छन् । गोने ङ्ह्यको बेला माथि उल्लेखित ज्ञानसम्बन्धी कुराहरूका प्रयोग, अभ्यास वा ग्रहण एवं हस्तान्तरण विधिवत रूपमा गरिने हुनाले पनि यस अवसरलाई तामाङ मौलिक परम्परागत ज्ञान दिवसको रूपमा चिन्न वा लिन सक्छौं ।

(साभार :प्राङ्बोला छार न्हान मासिक)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका