कोरोनाका कारण हिलेजात्रा स्थगन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोलखा

जनैपूर्णिमाको ५ दिन अर्थात यसवर्ष साउन २४ गते लाग्ने हिले जात्रा स्थगन गरिएको छ । आइतबार सैलुङ गाउँपालिका वडा नं. ३ वडा कार्यालयबाट सुचना जारी गरी स्थगित गरिएको हो ।

सुचनामा भनिएको छ, ‘मागादेउरालीमा परापूर्वकालदेखि मनाउँदै आएको ऐतिहासिक तथा सांस्कृतिक पर्व ‘हिले जात्रा’ यस वर्ष विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण नेपालमा पनि संङ्क्रमण दर बढेकाले मानवीय क्षतिलाई मध्यनजर गर्दै यसले पुर्याउन सक्ने थप क्षतिको आँकलन गर्न नसक्ने हुँदा यो वर्षको लागि जात्रा नमनाउने निर्णय गरिएको छ ।’

जत्रामा मानिसहरुको भीडभाड र कोरोनाबाट असुरक्षित हुने हुँदा जात्रा स्थगन गर्न बाध्य भएको वडाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
उनले यो ऐतिहासिक हिले जात्रा नमनाउँदा असुविधा, हानी नोक्सानी भएमा क्षमायाचना समेत गरेका छन् ।

पूजारी माधव बाहुनका अनुसार मन्दिरमा पूजापाठ हुने र त्यही मन्दिरभित्र मारुनी नाच निकालेछ । पूजामा स्थानीय मात्र सहभागी हुने उनले जानकारी दिए ।


पूर्णिमाको अघिल्लो दिन लाग्ने सैलुङ जात्रा सम्पन्न भएकाे छ ।

तपाईको प्रतिक्रिया