बाढीपीडित मुसहर बस्तीले पाए राहत

राजु तामाङ संवाददाता
0 Shares
सर्लाही

सर्लाहीको बागमती नगरपालिका– १० स्थित नयाँबस्तीको मुसहर बस्तीका बाढीपीडितलाई राहत वितरण गरिएको छ । यात्रा महिला सशक्तीकरण संस्था काठमाडौंले ४० घरपरिवारलाई मंगलबार राहत वितरण गरेको हो ।

गत एक सातादेखि परेको बर्षाले मुसहर टोलका घरहरु डुबानमा परेका थिए । उनीहरुलाई सन्तोष गदाल र पवित्रा माझीको समन्वयमा राहत वितरण गरिएको हो ।

जिल्ला विपद व्यवस्थापन समितिले पीडितको तथ्याङ्क संकलन गरिरहेको समयमा संस्थाका सजना भँडेल, मनिशा धिताल र उदय खड्काको टोली मुसहर टोलमा पुगी राहत वितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया