साउदीमा कोरोना भाइरस निको हुनेको संख्या दुई लाख ४२ हजार नाघ्यो

साउदीमा आज २ हजार जना कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरस(कोभिड-१९) संक्रमित उपचारपछि घर फर्किनेको कुल संख्या दुई लाख ४२ हजार ०५३ पुगेका छन् ।

उक्त संख्यामा निको भएर घर फर्किएको यहाँ नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । प्रवक्ताका अनुसार आजै मात्र १ हजार ९७२ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका हुन् ।

‘ यहाँका विभिन्न अस्पतालहरुमा अझै ३५ हजार ८३७ जना कोरोना भाइरस संक्रमितहरु उपचार लिदै हुनुहुन्छ,’ प्रवक्ता डा.अब्दुलीले भने,’ तीमध्ये २ हजार १७ जनाको स्थिति गम्भीर रहेको चिकित्साले बताउनु भएको छ ।’ अन्य देशको दाँजोमा हाम्रो टोलीले कोरोनालाई कन्ट्रोलमा ल्याएका छन् , प्रवक्ताले भने ।

त्यस्तै हालसम्म साउदीमा कुल दुई लाख ८० हजार ९३ जना कोरोना भाइरसबाट संक्रमित भएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए उनकाअनुसार तीमध्ये आजै कोरोना नयाँ संक्रमित १ हजार २५८ जना थपिएको हो ।


साउदीमा हालसम्म कोरोना भाइरसबाट २ हजार ९४९ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले बताए । उनकाअनुसार यहाँ कोरोनाको उपचार गरिरहेका ३२ जनाले सोमबार ज्यान गुमाए ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा कोरोना भाइरसको उपचारपछि घर फर्किने ७१४ जना बढी छन् । यहाँ कोरोना गत मार्च २ तारीखबाट सुरु भएको थियो ।

त्यसैगरी साउदीमा नेपालीहरु कोरोनाबाट कति संक्रमित वा निको भएको तथ्यांक दूतावासले समेत यहाँको सरकारसँग तथ्यांक मागिरहेको बताउँछन् । दूतावासका अनुसार दैनिक जस्तो निको हुने र संक्रमित हुने भएकोले संख्या यकिन गर्न कठिनाइ भएका हुन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ३० भन्दा माथी रहेको दूतावासको भनाइ छ ।

थप यो पनि

घरविदा जान तयारी कृष्णबहादुरको साउदीमै अन्त्येष्टि

साउदीको दमामबाट हिमालयले चार चार्टरउडान भर्ने

साउदीको दमामबाट हिमालयले चार चार्टरउडान भर्ने

साउदीमा आइतबार २५ सय कोरोना मुक्त, कुल कोरोना संक्रमित कहाँ कति ?

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका