गोसाईकुण्ड मेला प्रभावित

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

गोसाइकुण्ड मेला यसवर्ष कोरानाका कारण प्रभावित भएको छ । जनैपूर्णिमाको दिन लाग्ने मेला यसवर्ष कोभिड–१९ ले गर्दा त्यसतर्फ तीर्थयात्रीहरु कम मात्रामा गएका छन् ।

मेलाको अवसर पारेर देशविदेशबाट तीर्थयात्रीहरु आउने गर्दछन् । पुषदेखि नै गोसाइकुण्ड जान मानिसहरुको भीड लाग्ने गर्दछन् ।

मेला प्रभावित भएसँगै आम्दानीको स्रोतमा पनि कमी आएको त्यहाँ होटलवालाहरु बताउँछन् ।

यसवर्ष त्यहाँ जानेका लागि शिविर, अस्थायी थर्पु लगायतका बासस्थानहरु व्यवस्थापन गरेका थिएन । सार्वजनिक यातायात नचलेपछि तीर्थयात्रुहरु कम आउने गरेकाले पनि व्यवस्थापन नगरेको गाउँपालिकाले जनाएको छ ।


बर्सेनि जनैपूणिर्मा र गङगा दशहरा मेलामा भर्न रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, धादिङ, ललितपुर, काठमाडौं, नवलपरासी, चितवन, पोखरा, लगाएत भारत लगाएत अन्य देशहरूबाट तीर्थयात्रीहरु आउने गर्दछन् ।

गोसाईकुन्ड रसुवा, नुवाकोट र सिन्धुपाल्चोकबाट जान सकिन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका