साउदीमा कोरोना उपचारपछि १६ सय घर फर्के, नयाँ संक्रमित १३ सय

कुल संक्रमित दुई लाख ८१ हजार नाघ्यो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
Saudi

साउदी अरेबियामा पछिल्ला दिन कोरोना भाइरस संक्रमित घट्दै गएको छ । यसैक्रम मंगलबार १ हजार ३४२ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएका छन् ।

उक्त संख्यामा नयाँ संक्रमित थपिएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । उनकाअनुसार हालसम्म यहाँ कुल कोरोना भाइरस संक्रमित दुई लाख ८१ हजार ४३५ जना पुगेका छन् ।

त्यसैगरी आज साउदीभर कोरोना उपचारपछि १ हजार ६३५ जना घर फर्किएको प्रवक्ता डा.अब्दुलीले बताए । प्रवक्ताका अनुसार यहाँ कुल दुई लाख ४३ हजार ६८८ जना कोरोनाको उपचारपछि घर फर्किसकेका छन् ।

‘ यहाँ अझै ३४ हजार ७६२ जना कोरोना भाइरस संक्रमितहरु उपचार लिदै हुनुहुन्छ,’ प्रवक्ता डा.अब्दुलीले भने,’ तीमध्ये १ हजार ९८३ जना गम्भीर अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउनु भएको छ ।’


मंगलबार यहाँ कोरोना उपचाररत ३५ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा बताए । उनकाअनुसार साउदीभर हालसम्म कोरोना भाइरसबाट २ हजार ९८४ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले बताए ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा कोरोना भाइरसको उपचारपछि घर फर्किने २९३ जना बढी छन् । यहाँ कोरोना गत मार्च २ तारीखबाट सुरु भएको थियो ।

त्यसैगरी साउदीमा नेपालीहरु कोरोनाबाट कति संक्रमित वा निको भएको तथ्यांक दूतावासले समेत यहाँको सरकारसँग तथ्यांक मागिरहेको बताउँछन् । दूतावासका अनुसार दैनिक जस्तो निको हुने र संक्रमित हुने भएकोले संख्या यकिन गर्न कठिनाइ भएका हुन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ३० भन्दा माथी रहेको दूतावासको भनाइ छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका