भार्खुमा भासिएको सडक सन्चालनमा ल्याउन काम सुरु

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

पासाङल्हामु सडकखण्डको धुन्चे स्याफ्रुवेशी खण्डको भार्खु डाँडामा भासिएको सडक सन्चालनमा ल्याउन काम सुरु भएको छ ।

गत साउन ११ गते राति परेको अविरल वर्षाका कारण सडक भासिएपछि १२ गतेबाट नै रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको हो ।

सडक सन्चालनमा ल्याउन बुधवारबाट नै सडक डिभिजन कार्यालय नुवाकोटले स्काभेटर प्रयोग गरि काम सुरु गरेको हो । करिव ५० मिटर सडक भासिएको र त्यस ठाउँमा तार जालीको प्रयोग गरि ग्याभिन समेत लगाउन पर्ने भएकाले दोहोरो आवतजावत गर्न कम्तिमा पनि एक हप्ता लाग्ने बताइएको छ ।

भासिएको सडकमा नयाँ ट्«याक खोल्न सडक डिभिजन कार्यालय नुवाकोटले बुधबारबाट नै सडकको कुनाको पहरो फुटाई सडक फराकिलो बनाइरहेको छ । रसुवागढी नाका जोड्ने सडक भासिएपछि उक्त नाकाबाट सामान लिएर जान लागेका कन्टेनरहरुबीचमै रोकिएको छ ।


तपाईको प्रतिक्रिया