चौरीपालकलाई सोलार बत्ति प्रदान

सैलुङअनलाइन संवाददाता
दोलखा, शैलुङ

दोलखाको शैलुङ गाउँपालिकाका चारजना चौरीपालक किसानहरुलाई सोलार बत्ति बितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल र उपाध्यक्ष लालमाया योन्जनले मंगलबार किसानहरुलाई सोलार वितरण गरिएको हो ।

सोलार पाउने किसानहरु शैलुङ गाउँपालिका-१,का ढलबहादुर तामाङ, कन्सबहादुर श्रेष्ठ, निमा तामाङ र फुर्वा तामाङ रहेको सुपरभाइजर भिजन मोक्तानले जानकारी दिए ।

मोक्तानका अनुसार एउटा सोलारबाट ३ वटासम्म चिम बाल्न सकिन्ने छन् । सोलार पाएका ढलबहादुर साविक ताम्चेत दूधपोखरी- २,का हुन् भने बाँकी तीनजना चौरीपालक साविक-१ वडाका हुन् ।

गाउँपालिका अध्यक्ष दुलालले चौरीपालकहरुले शैलुङको बिकासमा अतुलनीय योगदान दिइरहेकाले उनीहरूलाई प्रोत्साहन स्वरुप सोलार बत्ति हस्तान्तरण गरेको बताए । उनले थपे- चौरीपालकहरु गोठ सारिरहँदा बिद्धुतको पहुँचबाट टाढा भएकोले सोलार बत्तिले सहयोग पुग्छ ।

सोलार पाएका किसानहरुले पालिकाका अध्यक्ष दुलाललाई चौरीपालकहरुलाई प्रोत्साहन गरेकोमा धन्यवाद दिए । उनीहरूले यसरी नै पालिकाले प्रोत्साहन गरिरहेमा शैलुङमा अझ चौरीपालकहरु फस्टाउने बताउँछन् ।

सोलार बत्ति पाएका किसानहरु आफ्न गोठमा दुई दर्जनभन्दा बढी चौरीहरु रहेको बताउँछन् । वर्षा सुरु भएपछि तलतिर झर्ने चौरीपालक हिउँद लागेपछि शैलुङ चढ्ने गर्छन् ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका