गजल

सुधा शाह गजलकार
0 Shares
नेपालगन्ज

महङ्गिले नेटो काट्यो बुढि सुनको हार नखोज है
छुदाँ सर्ने रोग आको छ चुम्बनको प्यार नखोज है

दिनको सुर्य,रातका तारा देखिन्छन मेरो झुपडीबाट
बस्नलाई भब्य महल अनि घुम्नलाई कार नखोज है

राम्रो लगाउन ,मिठो खुवाउन नसकुला सधैं भरि
दिन सक्छु चोखो माया तर रंगिन संसार नखोज है

बोल्छेउ सधैं झर्किएर मिठो बोल्ने कहिले तिमि
बचनले मुटु रेटि सक्यौं भयो तरबार नखोज है

लंका पुग्यो तिम्रो शंका, दिनहुँको किचकिचले
अति भयो अब त साच्चि भन्दै छु मार नखोज है

व्यबहार नै नमिल्ने भो के चल्ला जिन्दगानी अब
टुट्यो त सकियो सम्बन्ध जोड्ने तार नखोज है

रुकुमकोट,रुकुम

थप यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका