धनकुटामा छोरीले थालिन आमाको काजकिरिया

मानवी तामाङ सम्वाददाता
धनकुटा

धनकुटामा आफ्नी आमाको मृत्यु पश्चात छोरीले हिन्दू संस्कारअनुसार काजकिरिया गर्न सुरु गरेकी छन् । छोरी किरिया बस्नु हुँदैन भन्ने परम्परालाई तोड्दै जिल्लाको पाख्रिबास नगरपालीका- ४ का लक्ष्मी बस्नेतले आमाको किरिया थालेकी हुन् ।

समाजमा रहेको अन्धविश्वास र परम्परागत मान्यतालाई तोड्दै छोरा र छोरी बीचको विभेदलाई हटाउनका लागि पारिवारीक सल्लाहमै लक्ष्मी बस्नेतलाई आमाको किरिया बस्न दिइएको पाख्रिबास नगरपालीका- ४ का वडाअध्यक्ष सोवित निरौलाले बताए ।

‘साउन ४ गते निधन भएकी धनमाया बस्नेतको चार छोरीहरु मध्ये तीनवटी छोरीको विवाह भईसकेले कान्छी छोरी लक्ष्मी अहिले १३ दिने किरियामा बसेकी छन्’ लक्ष्मीका बडाबाउ धनबहादुर बस्नेतले भने, ‘लक्ष्मीले कपाल खौरने बाहेक सबै विधि विधान पुरा गर्ने छिन् ।’

स्नातक तह दोस्रो वर्षमा अध्यनरत लक्ष्मी पाख्रिबास नगरपालीकाकै पहिलो किरिया बस्ने छोरी मान्छे भएको वडाध्याक्ष निरौलाले बताए ।

छोरी लक्ष्मीसँगै स्वर्गिय धनमाया बस्नेतको पति द्धवन बहादुर बस्नेत पनि किरिया बसिरहेका छन् ।

हिन्दू मान्यता अनुसार बुबाआमाको मृत्यु पश्चात छोराले काजकिरिया गर्नु पर्ने र छोरा नहुनेको हकमा तेह्रदिने दाजुभाइले किरिया बस्ने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया