‘उनकै घरमा बसेर मैले जनयुद्धको सम्पूर्ण तयारी गरेको हुँ’– अध्यक्ष प्रचण्ड

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं
तस्विर : प्रचण्ड फेसबुक पेज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टीलाई अवसर र चुनौति दुबै रहेको औंल्याउँदै पार्टीले समाजवादको एउटा नयाँ धारा, सिष्टम र मोडेल विश्वलाई दिन सक्नु पर्ने विचार अभिव्यक्त गरे । उनले यसका लागि पार्टी एकतालाई सुदृढ गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

विहीबार पार्टी केन्द्रीय कार्यालय, धुम्बराहीमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्याको छैटौं स्मृति दिवस मनाउने क्रममा उक्त विचार राखेका हुन् ।

‘संस्थापक नेता कमरेड कर्माचार्य जीवनभर उद्देश्य, आदर्श, विचारप्रति निष्ठावान रहेर जीवनभर कम्युनिष्ट आन्दोलनमा समर्पित भए’ अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘उद्देश्यबाट कहिल्यै विचलन नभएका नेता कमरेड सरल, पारदर्शी, झलझेल, अवसरवादको गन्ध नभएको नेता हुन् ।’

‘राजनीतिक आन्दोलनमा विकृति, विसंगति देखिन्छन् । तिनको विरुद्धमा उत्रिनु हाम्रो दायित्व हो । उनकै चाहनाअनुसार नै पार्टी एकता पनि भयौं, त्यही अनुरुप आज कर्माचार्याको स्मृति दिवस मनायौं ।’ अध्यक्ष प्रचण्डले भने, ‘उनकै घरमा बसेर मैले जनयुद्धको सम्पूर्ण तयारी गरेको हुँ । क्रान्ति, आन्दोलन र पछि पार्टी एकता गर्नेमा उनको प्रेरणा थियो । गणतन्त्रसम्म आइपुग्दा हामीलाई अगाडि बढ्न प्रेरित गर्ने व्यक्तित्व पनि उनै हुन् ।’

तपाईको प्रतिक्रिया