२६ औं तामाङ प्रसारण दिवस : भर्च्युअलमार्फत् शुभकामना आदानप्रदान गर्न अनुरोध

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

२६ औं तामाङ प्रसारण दिवस कोरोनाको कहरले औपचारिक कार्यक्रमहरु स्थगित गरेको छ ।

तामाङ पत्रकारहरुको छाता संगठन तामाङ पत्रकार संघ केन्द्रीय कार्यसमिति र जिल्ला शाखाहरुलाई भच्र्युअलमार्फत शुभकामना आदानप्रदान गर्न अनुरोध गरेका छन् ।

संघका केन्द्रीय अध्यक्ष विष्णु मोक्तानले उपत्यका लगायत मुलुकभर कोरोना सङक्रमण दर उच्च बन्दै गएकोले बढ्दो जोखिमलाई ध्यानमा राखी औपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

२६ बर्ष अगाडि रेडियो नेपालको क्षेत्रीय प्रसारणबाट तामाङ भाषामा समाचार प्रसारण भएको थियो । २०५१ साल भाद्र १ गते बेलुकी ४ बजेर ५ मिनेट जाँदा भाषाविद् अमृत योन्जन र ध्यानबहादुर मोक्तानको सम्पादनमा तयार भएको समाचार रमिता लामाले ‘चु रेडियो नेपाल हिन्ला दाम साङ्ग्युर सान्स्ह्युगो…’ बाट थालनी भएको हो । सोही दिनदेखि भदौ १ गते तामाङ प्रसारण दिवस मानिदै आएको छ ।


तपाईको प्रतिक्रिया

पत्रपत्रिका