बागमतीकी उपसभामुख पनि कोरोना संक्रमित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
हेटाैडा

बागमती प्रदेशकी उपसभामुखलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । उपसभामुख र उनका छोरालाई कोरोना सङ्क्रमित पुष्टि भएको उनका श्रीमान डिबी लामाले जानकारी दिए ।

कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे । हेटाैंडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेकी छन् । कोरोना सङ्क्रमण पुष्टि भए पनि उनीमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् ।

उनीसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।


उनी केही दिन अघि काठमाडौंमा जाने क्रममा संक्रमति भएको हुन सक्ने उनका श्रीमानले बताए ।

आज ५८१ संक्रमित

सोमबार देशभर ५८१ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको बताए ।

उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया