पाठशाला एजुकेशन फाउण्डेसनले आयोजना गर्न लागिएको पाँचौ नेपाल व्यवस्थापन र आइटि शैक्षिक मेला २०७६ को तयारी पूरा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आउँदो साउन १२ र १३ गते आइतबार र सोमबार दुई दिने मेलाको तयारी पुरा भएको जानकारी दिए ।
‘नेपालको शिक्षा उत्कृष्ट शिक्षा’ भन्ने मुल नाराका साथ हिरा ब्याङकेटमा आयोजना गर्न लागिएको मेलामा ३१ वटा शैक्षिक संस्थाहरु सहभागि रहने र ४४ वटा स्टल रहने आयोजकले जानकारी दिए ।
‘पोखरा विश्वविद्यालयसहित ५ वटा नेपाली विश्वविद्यालयका कलेजहरु, २ वटा सि.ए. र एउटा अध्यापन गराउने संस्थाहरुको सहभागीता रहनेछ’ फाउण्डेसनका निर्देशक सुवाष दंगालले भने, ‘यसैगरी ९ वटा विदेशी विश्वविद्यालय कोष पढाउने संस्थाहरु युके, मलेसिया, अमेरिका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले सहभागीता जनाउनेछ ।’
कक्षा ११, १२ र १२ सकेर बसेका ३४ हजार विद्यार्थीहरुको सहभागीता रहने आयोजकले बताए ।