साउदीबाट हुने चार्टरउडान स्थगित

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियादबाट हुने चार्टरउडान स्थगित भएको छ । उडान स्थगित भएको नेपाली दूतावासले सूचना जारी गरेर जानकारी दिइएको हो ।

दूतावासको सूचनामा ‘ नेपाल सरकार कोभिड -१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी, काठमाडौंबाट मिति २०७७/०५/०१ को पत्रमार्फत् ‘ नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम रहेको’ उल्लेख छ ।

त्यसैगरी ‘ होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकाले होटल क्वारेन्टाइन सुनिश्चितता हुने गरी मात्र उडान स्वीकृति दिने तथा यसअघि जारी उडान अनुमति स्थगित गरिदिने’ व्यवस्था हुन भनी लेखी आएकोले र अर्को सूचना जारी नभएसम्मका लागि सबै उडानहरु स्थगित भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको ‘ लेखिएको छ ।

नेपाल सरकारको सर्कुलर अनुसारनै साउदीबाट हुने चार्टरउडान स्थगित भएको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । उनकाअनुसार नेपालमा कोरोना बढ्नेक्रम जारी रहेका कारण पनि तत्काललाई स्थगित गरेको हुन् । ‘ यसबाट आत्तिनु पर्ने स्थिति छैन , अर्को सूचना नआएसम्म धैर्यका साथ कुर्न सम्पुर्णलाई आग्रह गर्दछु ‘ राजदूतले भने ।

दूतावासले यसअघि नेपाल एयरलाइन्सले दमामबाट २३ अगष्ट, र रियादबाट अगष्ट २६ र २८ मा दुई गरि चार उडान भर्ने सूचना जारी गरेको थियो । त्यसैगरी दूतावासका अनुसार हिमालय एयरलाइन्सले दमाम शहरबाट अगष्ट २०, २३, २६ र २८ मा गरि चार चार्टरउडान गर्ने जनाएका थिए ।

त्यसैगरी नेपाल एयरलाइन्सले साउदीको पुरानो राजधानी जेद्दाबाट २३ अगष्टमा हुने भनिएको चार्टरउडान पनि अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको महावाणिज्यदूत भुवन पौडेलले जानकारी दिए । उनकाअनुसार यसअघि २० अगष्टमा भर्ने भनेको उडान प्राविधिक कारण २३ अगष्टलाई सारेको थियो ।

थप यो पनि


साउदीका राजदूतले मृतकको परिवारलाई ५० हजार सहयोग

साउदीबाट अगष्टमा २२ सयभन्दा धेरै स्वदेश फर्काइयो

• साउदीको तीन शहरबाट ८ चार्टरउडान हुने

 

 

तपाईको प्रतिक्रिया