दूतावासद्वारा सम्बन्धित निकायमा निवेदन दिन आग्रह

सैलुङअनलाइन संवाददाता
0 Shares
साउदी, रियाद

साउदीमा रहेका नेपाली दूतावासले नेपाली श्रमिकहरुलाई समस्या परेमा सम्बन्धित निकायमा लेखित निवेदन दिन आग्रह गरेको छ । दूतावासले बुधबार २४ जुलाईमा सूचनापत्र जारी गरी विभिन्न समस्यामा परि पीडित भएका श्रमिकहरुलाई लेखित निवेदन  दिन अनुरोध गरेको हो ।

‘साउदी अरबमा विभिन्न रोजगारीमा रहनुभएका नेपाली नागरिकहरुले समयमा तलव नपाउने, समयमा अकामा नवीकरण नहुने, सम्झौता अनुसारको काम र  पारिश्रमिक नपाउने,करार अवधि सकिदा समेत एक्जिट वा रिइन्ट्र नलगाउने, विभिन्न कागजातहरुमा कामदारहरुले कागजातको विषयवस्तु भाषा नै नवुझी सहीछाप गर्ने गराउने लगायतका समस्यामा परेका प्रशस्त गुनासाहरू राजदूतावासमा आउने गरेका छन् । यी गुनासाहरुको सम्बोधनका सिलसिलामा राजदूतावासले विभिन्न समयमा साउदी सरकारका सम्बन्धित अधिकारीहरुसँग कुराकानी गर्दै आएको छ । साउदी अधिकारीहरुबाट समेत समस्या समाधानमा सहयोग प्राप्त हुँदै आएको छ। तर श्रमिकहरुको कुराकानीका क्रममा साउदी अधिकारीहरुले नेपाली कामदारहरुबाट आफूलाई परेका समस्याका सम्बन्धमा समयमै सम्बन्धित निकाय(नजिकका साउदी श्रम अफिस/श्रम अदालतमा उजुरी नगरेको कारणले समस्या समाधान जटील बन्ने गरेको बताउनु भएको छ, सूचनापत्रमा भनिएका छन् ।’

सूचनापत्रको पूर्णपाठ :

तपाईको प्रतिक्रिया

पत्रपत्रिका