साउदीमा उपचारपछि तीन गुणा कोरोना संक्रमित निको

साउदीमा आज ४ हजार ५२६ जना कोरोना संक्रमित निको

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
saudi

साउदी अरेबियामा मंगलबार कोरोना भाइरस(कोभिड-१९)संक्रमित उपचारपछि ४ हजार ५२६ जना निको भएका छन् । उक्त संख्यामा कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा बताए ।

प्रवक्ता डा. अब्दुलीका अनुसार हालसम्म साउदीमा कोरोना निको हुनेको कुल संख्या दुई लाख ७२ हजार ९११ जना पुगेका छन् । आजको निको हुने संख्या तीन गुणाभन्दा धेरै हो । साउदी अरेबियामा कोरोना भाइरस गत मार्चमा २ तारीखबाट शुरु भएको थियो ।

त्यसैगरी यहाँ आज कोरोना भाइरस नयाँ संक्रमित १ हजार ४०९ जना थपिएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसारको उपचारपछि निको हुने कुल संक्रमित तीन लाख १ हजार ३२३ जना पुगेका छन् । कुल संक्रमितमध्ये २४ हजार ९४२ जना संक्रमितहरु यहाँको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रवक्ताले बताए । ‘ तीमध्ये १ हजार ७१६ जना गम्भीर अवस्था उपचाररत हुनुहुन्छ,’ उनले भने ।

यस्तै मंगलबार कोरोना भाइरसबाट ३४ जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनकाअनुसार हालसम्म साउदीभर कोरोनाबाट ३ हजार ४७० जनाको मृत्यु भैसकेका छन् ।


यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

थप यो पनि

घरविदा जान तयारी कृष्णबहादुरको साउदीमै अन्त्येष्टि

साउदीबाट हुने चार्टरउडान स्थगित

साउदीमा मस्जिदको उच्च भूमिकामा दश महिलालाई नियुक्त, कोरोना निको हुने बढ्यो

साउदीमा आइतबार दुई गुणा कोरोना निको, कुल संक्रमित तीन लाख नजिक

तपाईको प्रतिक्रिया