शहर बाध्यता की रहर

कविता

 

ठुला ठुला सपना नदेख्नु शहरको
आशाहरुको चिता जलाइएका छन् रहरको
बली चढाइएका छन् हरेक प्रहरको
भोग्नुपर्छ सास्ती अनेक कहरको ।

स्वच्छ सफा स्वर्गसरी गाउँ छाडेर
अवसर खोजीको बिषय बनाएर
बसाइसराइको लागेको छ लर्को
शोप्नमहलहरु भत्किन्छन् एकै सर्को ।

अमृतसरी मुलका पानी पिउनेहरु
पिउन विवस भएका छन् मिसिएको ढलको
गाउँमा बाझो पारी खेत र बारी
रमाएका छन् डिस्को, डान्स र दोहोरी ।

विषादीयुक्त खाना खाएर
गर्व गर्छन् आफूलाई शहरीय कहलाएर
गाई, भैंसी चराउन छाडेर कुकुर डो¥याएका छन्
डोको, नाम्लो, भकारी, हलो खै कता हराएछन् ।

अस्तित्व बाँकी नरहने गरी फालीएका छन्
परम्परागत सामग्रीहरुलाई शहरीकरणको तछाडमछाडमा गालिएका छन्
आधुनिकिकरणको होडबाजीमा आफ्नो धर्म, संस्कृति भुलाईएका छन्
सर्वश्रेष्ठ बन्ने प्रतिस्पर्धामा अनेक पाप गराईएका छन् ।

शहर बाध्यता की रहर सपनाहरुको लाग्दछ लहर
स्तरिय शिक्षा, गुणस्तरीय स्वास्थ सुबिधालाई सोचेर
आफ्नो घरबार, बुढा बा, आमालाई छाडेर
भ्रमित परिस्थितिलाई पनि सहज ठानेर ।

अस्तव्यस्क्त राजनैतिक किचलोलाई स्वीकारेर
विकासका नाममा भएका भ्रष्टाचारलाई सम्झेर
शहरलाई रहर होइन बाध्यता बनाएर
अवसरको खोजीमा एकतमासको संघर्ष गरेर
जीवन जिउन बाध्य छन्
अवसरको खोजीमा एकतमासको संघर्ष गरेर
जीवन जिउन बाध्य छन् ।

  • यो पनि

तपाईको प्रतिक्रिया