थप ६८१ जनामा कोरोना सङ्क्रमित, उपत्यकामा १५९ पुष्टि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपालमा बुधबार ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा सो जानकारी दिएका हुन् । यो सँगै नेपालमा कुल २८ हजार ९३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३४, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा गरी १५९ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया