तामाङ समाज कतारद्वारा लिदी बाढीपहिरो पीडितलाई पहिलो चरणको सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपाल प्रवासी तामाङ समाज कतारले सिन्धुपाल्चोक लिदीका बाढीपहिरो पीडितलाई पहिलो चरण अन्तर्गत एक लाख रुपैयाँ सहयोग गरेको छ ।

समाजले जिल्लाका जुगल गाउँपालिका-२ लिदीका बाढीपहिरो पीडितका लागि मंगलबार सहयोग गरेको हो । उक्त सहयोग पीडितसम्म पुर्‍याउन तामाङ समाज नेपालले समन्वय गरेको थियो । तामाङ समाज नेपालका अध्यक्ष  रोशन दोङकाअनुसार पहिलो चरण अन्तर्गत उक्त रकम सहयोग गरेका हुन् ।

बौद्धस्थित छेमेकी क्याफेमा भएको हस्तान्तरण कार्यक्रममा सगु प्रोडक्सनले समेत पाँच हजार सहयोग गरेको थियो ।

सहयोग ग्रहण गर्दै गाउँपालिका उपप्रमुख सृजना तामाङले सहयोगदाताहरुलाई धन्यवाद मात्रै नपुग्ने बताइन् । उनले थपिन् ,’तामाङ समाज कतार समुदायको सांस्कृतिक,भाषिक एवं अधिकार सुनिश्चिततासँगै यसरी मानवीय सेवामा समेत समर्पित देख्दा गौरवान्वित महसुस गरेको छु,’। ‘यस बाढीपहिरो पीडितका लागि आगामी दिनमा समेत समाजको सहयोगको आवश्यकता छ र उहाँहरुले गर्नुहुनेमा आशावादी छौं,’ उनले भनिन् ।


कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाले तामाङ समाज कतारले गरेको कार्यको प्रसंशा गरे । उनले थपे-‘ तामाङ समाज कतारले अन्य संघसंस्थालाई पनि उर्जा मिल्ने खालको कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दछौं ।’

त्यसैगरी तामाङ समाज नेपालका अध्यक्ष दोङले लिदी बाढीपहिरो पीडितलाई सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले यस्तो अवसर जुटाउन कतारस्थित रहेका तामाङ समाज कतारलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया