साउदीमा पुनः नयाँ संक्रमित बढ्यो, १२ सय कोरोना उपचारपछि निको

साउदीमा बुधबार १३ सयभन्दा धेरै नयाँ संक्रमित

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा बुधबार कोरोना भाइरस(कोभिड-१९)संक्रमित उपचारपछि १ हजार १८० जना निको भएका छन् । उक्त संख्यामा कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा बताए ।

प्रवक्ता डा. अब्दुलीका अनुसार हालसम्म साउदीमा कोरोना निको हुनेको कुल संख्या दुई लाख ७४ हजार ९१ जना पुगेका छन् । आजको निको हुने संख्या तीन गुणाभन्दा धेरै हो । साउदी अरेबियामा कोरोना भाइरस गत मार्चमा २ तारीखबाट शुरु भएको थियो ।

त्यसैगरी यहाँ आज कोरोना भाइरस नयाँ संक्रमित १ हजार ३६३ जना थपिएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसारको उपचारपछि निको हुने कुल संक्रमित तीन लाख २ हजार ६८६ जना पुगेका छन् । कुल संक्रमितमध्ये २५ हजार ८९ जना संक्रमितहरु यहाँको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रवक्ताले बताए । ‘ तीमध्ये १ हजार ७२५ जना गम्भीर अवस्था उपचाररत हुनुहुन्छ,’ उनले भने ।

बुधबारको अपडेट अनुसार उपचारपछि निको हुनेभन्दा नयाँ संक्रमित १८३ जना धेरै छन् । झन्डै तीन हप्तापछि पुनः साउदीमा नयाँ संक्रमित बढेको हो ।


यस्तै बुधबार कोरोना भाइरसबाट ३६ जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनकाअनुसार हालसम्म साउदीभर कोरोनाबाट ३ हजार ५०६ जनाको मृत्यु भैसकेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

तपाईको प्रतिक्रिया