पाँचौं तामाङ ज्ञान महोत्सवको तयारी पूरा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

८८ औं तामाङ पहिचान दिवसको अवसरमा आयोजित पाँचौं तामाङ ज्ञान महोत्सव हुने भएको छ । तामाङ न्हाङखोर र तामाङ डाजाङद्घारा आयोजित भच्र्युअल महोत्सव भदौ ६-८ गतेसम्म हुनेछ ।

कार्यक्रमको तयारी पूरा भएको जानकारी दिदै आयोजकले सम्पूर्ण कार्य विभाजनको तालिकासमेत सार्वजनिक गरेका छन् ।

आयोजकका अनुसार कार्यक्रमको उद्घाटन सत्र अपह्रान्ह ३ः००-४ः०० बजे हुने जनाएको छ । उद्घाटन सत्रको प्रमुख बक्ता प्रा.डा. महेन्द्र पी. लामा र सत्राध्यक्ष डा. गणेश योन्जन रहने आयोजकले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन सत्रमा तामाङ भाषा र साहित्यको सन्दर्भमा दश वटा कार्यपत्र र ‘तामाङ विकासका मोडल र कार्यान्वयन पक्ष’ विषयक वहस संचालन हुनेछ ।


यसैगरी दोस्रो दिन ‘सामाजिक-राजनीतिक सन्दर्भ’ मा विभिन्न विज्ञहरुद्वारा दश वटा कार्यपत्र र ‘तामाङ बाल साहित्यमा अनुवादका चुनौती’ विषय बहस हुने आयोजक संस्थाका सदस्य निष्णु थिङले जानकारी दिए ।

त्यस्तै समापनको दिन ‘तामाङ जाति र सांस्कृतिक सन्दर्भ’ मा दश कार्यपत्र र ‘तामाङ डायस्पोरा-मुद्दा र चुनौती’ विषयक बहस गरिने आयोजकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया