योजनाहरु अनुगमन गर्दै सांसद संजेल

प्रकाश थिङ संवाददाता
ललितपुर

ललितपुर क्षेत्र नं १ (ख)का सांसद चेतनाथ संजेलद्घारा आफ्नो क्षेत्रका विकास निर्माण योजनाहरु अनुगमन गरेका छन् । उनले विकास निर्माणका सवालमा आफ्नो क्षेत्रको विकासका लागि नयाँ र पारदर्शी योजनाहरु ल्याएका छन्।

मंगलबार उनले १ करोड बजेटको भट्टेडांडा छपेली हुँदै गाउँपालिका जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रेको कामको अनुगमन गरेका थिए । यसैगरी १ करोड २५ लाखको झाँक्रीडाँडा महांकाल खोल्सा जोड्ने सडकको पनि अनुगमन गरेकाछन्।

बागमती गाउँपालिकामा सडक निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन लगायतका क्षेत्रमा विभिन्न महत्त्वाकांक्षी शीर्षकहरुमा विकासको कार्यान्वयन भईरहेका छन्।

प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७५।०७६ मा बागमतीको बगुवादेखि आश्राङ्ग, गिम्दी हुँदै महांकाल गाउँपालिकाको ठुला दुर्लुङ्ग हुँदै ससिपाहा भन्ज्याङसम्म जोड्ने सडक निर्माण र स्तरोन्नतिको लागि साढे ३७ करोड बजेट परेको थियो । उक्त बजेटको काम अहिले निरन्तर रुपमा भईरहेको छ । ८ मिटर फराकिलो बन्ने उक्त सडकमा साढे ५ मिटर कालोपत्रे हुनेछ। अर्को बहुवर्षीय योजना अनुरुप बिर्खेधाराबाट दलचोकी शंखु हुँदै इकुडोल माझाखंड हुँदै आश्राङ्ग लुकुनीबेँसीसम्म जोड्ने सडकको काम पनि दलचोकीमा ढलानको कार्य तिव्र गतिमा अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।


प्राविधिक शिक्षा संचालन अन्तर्गत बागमती गाउँपालिकाको प्युटारस्थित कालीदेवी मावि र कोञ्ज्योसोम शंखुको मगरगाउँ माविमा कृषि बाली विज्ञानको अध्यापन भइरहेको छ। यस्तै अन्य सानाठूला अल्पकालीन तथा दीर्घकालीन योजनाहरु संजेलको पहलमा संचालन भइरहेका छन्।

तपाईको प्रतिक्रिया