निषेधाज्ञा काठमाडौं (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन रासस
काठमाडाैं

उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निषेधाज्ञाकाे पालना सबैले गरेका छन् । पहिलो दिन सहरका सडक खाली देखिएको छ ।

उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ ।


 

तस्वीर ः:चन्द्रकला क्षेत्री, रासस

तपाईको प्रतिक्रिया