रेडियो हिमालयद्वारा ‘परदेश, तामाङ पहिचान र हाम्रो जिम्मेवारी’ विषयक विमर्श गरिँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

रेडियो हिमालयको आयोजनामा तामाङ पहिचान दिवसको अवसरमा ‘परदेश, तामाङ पहिचान र हाम्रो जिम्मेवारी’ विषयक विमर्श कार्यक्रम  आयोजना गर्ने भएको छ ।

आज अमेरिकाकी समयानुसार साँझ ९ः१५ बजे हुने भर्च्युअल कार्यक्रमको मुख्य वक्ता भाषाविद् अमृत योन्जन तामाङ र तामाङ सोसाईटी अफ नर्थ अमेरिका अध्यक्ष लक्यान लामा रहेका छन् । कार्यक्रम तामाङ सोसाईटी अफ अमेरिकाको सहकार्यमा आयोजना हुनेछ ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिका कोषाध्यक्ष एवं घ्यालसुम्दो सेवा संस्था अमेरिकाकी महासचिव छोन्जोम लामा, टिएसएका पूर्वअध्यक्षहरु क्रमशः सुवास स्याङ्बो लामा, राम तामाङ, इन्द्र तामाङले शुभकामना दिने आयोजकले जानकारी दिए ।
यसैगरी भरत लामा, फुर्बा घिसिङ, शान्तबाबु थोकर, वर्तमान तामाङ सोसाईटी अफ अमेरिका अध्यक्ष एवं सामाजिक अभियन्ता गोमा योन्जनले शुभकामना सन्देश व्यक्त गर्ने कार्यक्रम रहेको रेडियो हिमालयले जनाएको छ ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण www.radiohimalaya.com वा हाम्रो पात्रो app.df मा रेडियो हिमालयबाट प्रत्यक्ष सुन्न सक्नुहुनेछ ।


तपाईको प्रतिक्रिया

पत्रपत्रिका