उत्तरी धादिङकाे जोखिममा रेहका बस्ती स्थानान्तरण गर्न स्थानीयको माग

सैलुङअनलाइन संवाददाता
धादिङ

लगातारको वर्षातका कारण उत्तरी धादिङको जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्न गाउँबासीले आग्रह गरेका छन् । पहिरोले पटक पटक जोखिम भनिएका बस्तीहरु स्थानान्तरण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँंग माग गरेको हो ।

समितिको यही भदौ २ गते बसेको बैठकको निर्णयले बस्ती स्थानान्तरण गर्न सिफारिस गर्दै पहल थालेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

रुवीभ्याली गाउँपालिकाको वडा नं. २ आरनडाँडा, वडा नं. ४ हिन्दुुङ, वडा नं. ५ कपुरगाउँको झक्री टोल, लामा टोल र निवेर, वडा नं. ६ तीर र गंगाजमुना गाउँपालिका वडा नं. १ को किचेत पहिरोको उच्च जोखिममा परेकोले बस्ती स्थानान्तरण गर्न स्थानीय बासीहरुले पहिलेदेखि नै जिल्ला विपद् व्यवस्थान समिति र बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमसँग माग गर्दै आइरहेका छन् ।

रुबीभ्याली वडा नं. ५ कपुरगाउँको लामाटोल, झाँक्रीटोलको १ सय १ घर, निवेर गाउँको ८२ घर र तिर गाउँको ७५ घरधनीहरुले आफूहरु बस्ती स्थानान्तरण गर्न चाहेको सामूहिक निवेदन सहित प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसम्म पुगेको कपुरगाउँका दिनेश तामाङले बताए ।


उक्त बस्तीहरुमा माथिबाट पहिरो खस्ने क्रम जारी रहेको छ भने केही घरहरुमा क्षति समेत पुगिसकेकोले समस्यामा परेको गाउँबासीको भनाइ छ । त्यसैगरी समयमै सम्बन्धीत निकायको ध्यान जान सकेन भने उत्तरी धादिङमा पनि सिन्धुपाल्चोक लिदीकै समस्या नआउला भन्न नसकिने जनप्रतिनिधीहरु बताउँछन् ।

सो क्षेत्र भूकम्पपछि जोखिमको उच्च जोखिममा रहेको विज्ञहरुले बताउँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया