आज थप ८३८ जनामा कोरोना सङ्क्रमित, उपत्यकामा २०८ पुष्टि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपालका पहिल्लो २४ घण्टामा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारकाे नियमित मिडिया ब्रिफिङमा सो जानकारी दिएका हुन् । यो सँगै नेपालमा कुल ३० हजार ४ सय ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १८ हजार २ सय १४ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १८२, ललितपुरमा २५ जना र भक्तपुरमा १ जनामा गरी २०८ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

विगत २४ घण्टामा कोरोनाबाट थप ११ जना मृत्यु  भएको छ । याे सँगै मृतक १३७ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया