साउन ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार देखाइएको थियो ।
सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकारहरु फिचर्ड छन् । आर्यन सिग्देललाई ट्रेलरमा दुइ गेटअपमा देख्न सकिन्छ भने उनले ’हजार जुनीसम्म’ पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा फिल्म केन्द्रित छ । चलचित्रमा स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेस प्रधान र अनुभव रेग्मीको अभिनय गरेका छन् ।
निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फेमिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासँगको सहकार्यमा तयार पारेका हुन् ।
कार्यक्रममा उपस्थित आर्यनले यसले नेपालको सुन्दरतालाई पनि समेटेको बताए । ‘हामीले पोखराबाट सुरु गरेको छायांकन सिक्किमसम्म पुगेको छ त्यसैले यसले हाम्रो सुन्दरतालाई समेटेको छ’ उनले भने ‘यो फिल्मको रोल मैले गरिरहेको जस्तै भए पनि प्रस्तुतिका हिसाबले फरक छ ।’ उनले आफु भन्दा २० वर्ष बढी उमेर देखिँदा केहि कठिनाइ भएको बताए ।
यसैगरी स्वस्तिमाले पनि फिल्मले दर्शकको मन छुने बताइन । गत वर्षकी नेशनल अवार्ड विनर अभिनेत्रीले फिल्मले पारिवारिक कथालाई समेटेको बताइन् । यसैगरी सलोनले आर्यनको अभिनयले आफुलाई ज्यादै नै प्रभावित बनाएको बताए । यसै फिल्म मार्फत डेब्यु गर्न लागेका नव कलाकार अखिलेसले आफुले सक्दो मेहनत गरेको प्रस्ट्याए । चाइल्ड स्टार अनुभवले नाई नभन्नु ल सिरिज भन्दा बाहिर रहेर काम गर्दा छुटै अनुभव भएको बताए । ’यसले माया प्राप्तिको कथालाई देखाउछ’ उनले भने । ट्रेलर रिलिजमा कार्यकारी निर्मात्री कविता रेग्मीले फिल्म विना सम्झौता तयार परिएको बताइन । फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् ।
आर्यन सिग्देल– फिल्मले मायाकै कथा भन्छ र मेरो क्यारेक्टर प्रेमी नै हो तर प्रस्तुतीकरणका हिसाबले यो फरक छ । फिल्मे पारिवारिक कथा त भन्छ नै साथै नेपालको सुन्दरतालाई पनि देखाउछ । हामीले पोखराबाट फिल्म खिच्दै सिक्किमसम्म पुगेका छौ , जस क्रममा धेरै शुटिंग गर्यौ । फ्यामिली ड्रामा र लभ स्टोरी रुचाउने दर्शकलाई यसले निराश बनाउदैन ।
स्वस्तिमा खड्का– यो फिल्ममा मैले निर्वाह गरेको भूमिका त सामान्य नै छ त यसले मन छुन्छ । नेशनल अवार्ड विनरले खेलेको फिल्म भन्न सुहाउछ । यसमा मैले चुलबुले क्यारेक्टर नै गरेको छु , जुन ट्रेलरमा नै देखिएको छ । फिल्मले परिवार र मायाको महत्वलाई बुझाउछ नै । ट्रेलर मन परेका दर्शकलाई फिल्मले निराश बनाउदैन ।
सामिप्यराज तिमिल्सिना– हामीले एउटा पूर्ण रुपमा पारिवारिक प्रेम कथामा आधारित फिल्म बनाउ भनेर थालेका थियौ । कथामा सिर्जित क्यारेक्टर अनुसारकै कास्ट गरेका छौ । फिल्म हेरिरहदा परिवारसँग अप्ठेरो मान्नु त पर्दैन नै कहिँ कतै तपाईलाई मायाको आभाष गराउँछ ।