साउदीमा शुक्रबार पनि १६ सय जना उपचारपछि घर फर्के 

कुल कोरोना निको हुनेको संख्या दुई लाख ७७ हजार नाघ्यो

नवराज तामाङ
नवराज तामाङ
साउदी अरेबिया

साउदी अरेबियामा शुक्रबार कोरोना भाइरस (कोभिड-१९)को उपचार गरिरहेका ३२ जनाले ज्यान गुमाएका छन् ।

उक्त संख्यामा आज कोरोनाबाट ज्यान गुमाएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । प्रवक्ता डा. अब्दुलीका अनुसार हालसम्म साउदीमा  कोरोनाबाट ३ हजार ५८० जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी यहाँ आज कोरोना भाइरस नयाँ संक्रमित १ हजार २१३ जना थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । उनकाअनुसारको उपचारपछि निको हुने कुल संक्रमित तीन लाख ५ हजार १८६ जना पुगेका छन् ।

यहाँ अब कुल संक्रमितमध्ये २४ हजार ५९३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रवक्ताले जानकारी दिए । ‘ तीमध्ये १ हजार ६७५ जना गम्भीर अवस्था उपचाररत हुनुहुन्छ,’ प्रवक्ता अब्दुलीले  भने ।


यस्तै यहाँ शुक्रबार १ हजार ५९१ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किएको पत्रकार सम्मेलनमा प्रवक्ताले जानकारी दिए । उनका अनुसार हालसम्म साउदीमा दुई लाख ७७ हजार ६७ जना उपचारपछि घर फर्किसकेका छन् ।

आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा उपचारपछि निको हुनेको संख्या ३७८ जना बढी रहेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

थप यो पनि

साउदीबाट हुने चार्टरउडान स्थगित

साउदीमा मस्जिदको उच्च भूमिकामा दश महिलालाई नियुक्त, कोरोना निको हुने बढ्यो

साउदीबाट हुने चार्टरउडान स्थगित

साउदीमा चौबीस घन्टापछि पुनः कोरोना निको हुने बढ्यो, कहाँ कति उपचार हुँदै ?

तपाईको प्रतिक्रिया